Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:१८:४१ बिहान
- ADVERTISEMENT -

स्वस्थ प्रतिस्पर्धाबाट स्वस्थ एनआरएनए जापान बनाउन सहयोग गरिदिन अनुरोध

प्रकाशित मिति: २०७८ साउन २२, शुक्रबार

462
Shares

जापान, शुक्रबार, २२ साउन २०७८ । अन्तराष्ट्रिय कानुनी विज्ञ, कानुन व्यवसायी डा. बलराम श्रेष्ठ लगाएत ३० जना उमेद्ववारहरुले जापानबाट सम्पुर्ण एनआरएनए आईसिसि लगाएत सम्पुर्ण अभियान्ताहरुलाई हार्दिक अनुरोध गर्नु भएको छ ।

गैर-आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानको हालै भएको निर्वाचन निष्पक्ष नभएको विषय उठान गर्दै डा. बलराम श्रेष्ठको संयोजकत्वमा ३० जना उमेद्ववारहरुले आईसिसि लगाएत सम्पुर्ण एनआरएनए अभियान्ताहरुमा निर्वाचनमा भएको धादली, अटोमेटिक सेटिङग लगाएत एनआरएनएको सदस्य नभएको व्यक्तिले अवैध मान्छेहरुको सनक र लहडमा एक पछि अर्को अवैध सुचना प्रवाह गर्दै एनआरएनए अभियानमा आज सम्म मिलेर काम गरिरहेकाहरुलाई फुट ल्याउने काम गरेको भन्दै त्यस्तो निन्दनीय कार्य गर्ने व्यक्तिहरु प्रति घोर निन्दा व्यक्त गर्दै निम्न विषयबस्तु उठान गर्दै स्वस्थ प्रतिस्पर्धाबाट स्वस्थ एनआरएनए जापान बनाउन सहयोग गरिदिन अनुरोध गर्नु भएको छ ।

सम्पूर्ण नेपालीको एन आर एन लाइ एन आर एन नै नभएको व्यक्तिबाट एक पछि अर्को अबैध सुचना प्रबाह हुदै गर्दा हामीले आइ सिसि मित्रहरुलाई नै अनुरोध गर्ने हो । तपाईहरु आई सिसि मित्रलाई जति एन आर एन को माया छ हामी लाइ त्यो भन्दा कम छैन,अबैध मान्छेहरुको सनक र लहडले हामी सबै लाई फुट ल्याउन खोजिदै छ,अबै सचेत भएर सोचौ ,सर्बत्र निन्दनीय काम गर्ने केहि व्यक्तिहरु प्रति घोर निन्दा ब्यक्त गर्दछौ ।


यस्तो छ बिज्ञप्ति

एन आर एन जापानको दशौ अधिबेशनको निर्बाचन अटोमेटिक रुपमा कम्युटर सेटिंगबाट गरिएको हुनाले विस्वासिलो आई टी को बिज्ञ समेत राखी छानबिन गरि यथार्थ बाहिर ल्याए पछि मात्र निर्बाचन परिणाम घोषणा गरि पाउ ।

साथै छानबिनको रिपोर्ट सत्य तथ्य बाहिर नआउन्जेल सम्म सपथ अबैद हुने भएको हुनाले त्यस्तो अबैध काम नगर्न नगराउन हुन् अनुरोध गर्दछौ भन्ने सम्बन्धमा |

३६१५ नक्कली भोट हालिएको डिटेल रिपोर्ट संलग्न गरेको छु गरेको छौ साथै ११०० भोट मतादातालाइ भोट हाल्न ईमेल र मेसेज नपठाईएको जानकारी गर्दछौ ❘

महोदय .
उपरोक्त सम्बन्धमा मिति २०२१ जुलाई ३० तारिख को दिन बिहान १० बजे देखि साझ ८ बजे सम्म भएको भनिएको निर्बाचनमा अस्वस्थ,कम्युटर सेटिंग तथा एकै कम्युटर बाट ६८३ भन्दा बढी भोट अटोमेटिक रुपमा कम्युटर लाई दुरुपयोग गरि सिस्टम बनाई योजनाबद्द् रुपमा भोट हालिएको, निर्बाचनमा कम्प्युटर को आइ पी नम्बर चेक गरि हेर्दा एउटै कम्युटर बाट १० देखि ६८३ भोट सम्म अटोमेटिक रुपमा भोट हालिएको त्यस मध्ये जापान बाहिर देश इन्डिया को उडिसा सिटी बाट ४०२ भोट , नेपालको काठमाडौँ सिटि बाट २६३ भोट , नेपालको पोखरा सिटी बाट ११ भोट, साथै जापानको फुकुओका सिटी बाट १०१८,ओसाका सिटीबाट ४८८,आइची सिटी बाट १११,चिबा सीटी बाट ३४ भोट टोक्यो सीटी बाट १०५४ गरि मुख्य रुपमा ३६१५ भोट कम्युटरमा सेटिंग बनाई हालिएको प्रमाण यसै साथ संलग्न राखेका छौ ❘

निर्बाचन समिति बाट पहिल्यै बिबादमा आएको १,७०० भोट को को रि ट्रायल पनि नगरीएको र र मिति २०२१ जुलाई ३० मा भोटर हरु लाइ भोट गर्ने आमन्त्रण मेसेज पठाउदा १,१०० सय मेसेज पनि नपठाई मतदाता समेतको हक अधिकार हनन गरेको हुनाले हिजो भनिएको निर्बाचन खराब नियत राखी पुर्ब योजना पुर्बक बैज्ञानिक प्रबिधि लाइ दुरुपयोग गरि स्वस्थ प्रतिस्पर्धा हुन् नदीई एन आर एन जापानमा पहिल्यै देखि मौलाई रहेको आर्थिक हिनामिना.अपचलन,भ्रस्टाचार, अपारदर्शीको निरन्तरताको लागि गरिएको छ |यो षडयन्त्रपूर्ण निर्बाचनको परिणाम बिधि पूर्ण रुपमा नियोजित गैर कानुनि ढाट र छलपुर्बक गरिएको देखिने हुनाले अध्यक्ष मण्डलबाट सस्थापक अध्यक्ष् श्री राजन प्रधानांग ज्यु को संयोजकत्वमा एन छानबिन समिति गठन गरिएको छ ।

यसरी आई सिसि प्रतिनिधिहरु र जापान बासी सम्पूर्ण नेपालीहरु को चाहना अनुरुप गठन गरिए को छानबिन समितिको डिटेल रिपोर्ट नआउन्जेलसम्म जबर्जस्ती सिन्डिकेटलाई जापान एन आर एन जिम्मा लगाउने गरि अबैध सपथ गर्ने गराने सम्भावना भएको हुनाले सो अबैध काम रोकी निष्पक्ष रुपमा निर्बाचनको सम्पूर्ण प्रक्रियाको यथोचित छानबिन गर्ने दीई यथार्थ सत्य तथ्य बाहिर ल्याउन साथै सो पश्चात मात्र सत्य तथ्य निर्बाचन परिणाम घोषणा गर्न हामी निम्न लिखित सम्पूर्ण उम्मेदवारहरु हार्दिक अनुरोध गर्दछौ |

नियोजित कथित निर्बाचन एउटा धोका हो यो बिहारी शैलीमा गरिको मजाक बाहेक अरु केहि होइन ,यस सम्बन्धमा सप्रमाण पेश गरेका छौ यथाशीघ्र छानबिन गरी सत्य तथ्य प्रबासी नेपाली माझ ल्याउन हामी हार्दिक आग्रह गर्दछौ |

एन आर एन जापानको दशौ अधिबेसनको निर्बाचन अटोमेटिक रुपमा कम्युटर सेटिंगबाट गरिएको हुनाले हालै गठन गरिएको बिज्ञहरुको समितिले छानबिन गरि यथार्थ बाहिर ल्याए पछि मात्र निर्बाचन परिणाम घोषणा गरि पाउ र छानबिनको रिपोर्ट सत्य तथ्य बाहिर नआउन्जेल सम्म सपथ अबैध हुने भएको हुनाले त्यस्तो अबैध काम नगर्न नगराउन हुन् अनुरोध गर्दछौ ।

नेपाल राजदूतावास टोक्यो लाई अनुरोध :

नेपाल राजदूतावास जापान टोक्यो जापान एन आर एन को समरक्षक् भएको हुनाले यस्तो अबैध काम गर्ने गराउने व्यक्ति समूहलाई निरुत्साहित गर्ने भूमिका निर्बाह गरि दिन हुन् हार्दिक अरुरोध गर्दछौ र जापान बासीको को हित हुने समिति गठन नहुन्जेल सम्म लहडको भरमा कथित नेता बनेर नेपाली जनतालाई दुख दिनेहरु लाई निरुत्साहित गरिदिन हुन् हार्दिक अनुरोध गर्दछौ
1.
नेपाल पररास्ट्र मन्त्रालय, गैर आवासीय नेपाली डेस्क,काठमाडौँ नेपाल :
यस नेपाल एन आर एन पररास्ट्र मन्त्रालयमा बाट समेत अबैध र गैर कानूनी काम प्रति कारबाही गर्न सकिने हुनाले प्रस्तुत संलग्न प्रमाणको आधरमा गलत अबैध काम गने हरु र अबैध रुपमा नेतुर्त्व हत्याएर जापान बासी नेपाली हरुलाई गुमराहमा राखी नेपाली नेपाली बीच फुट ल्याउन खोजिएको हुनाले सो रोकी स्वस्थ एन आर एन बन्न बनाउन तपाईहरु मा हार्दिक अनुरोध गर्दछौ ❘

सम्लंग प्रमाण (प्रारम्भिक रिपोर्ट )

१.३६१५ भोट को आइ पी नम्बर र सिटि समेत देखिने आइ टि रिपोर्ट पेज— ३
२.३६१५ भोट कुन कम्प्युटर बाट आएको हो डिटेल रिपोर्ट पेज —-१३

निवेदक उम्मेदवारहरु

डा.बलराम श्रेष्ठ – आ ई सी सी सदस्य

(निवेदक संयोजक)

राम हरी पुडासैनी आइ सिसि सदस्य
अनिता गुरुङ – अध्यक्ष उम्मेदवार
नरेन्द्र कुमार बस्नेत (दिनेश) अध्यक्ष उम्मेदवार
किरण बर्मा अध्यक्ष उम्मेदवार
सरोज खत्री अध्यक्ष उम्मेदवार
छत्र दाहाल – ब.उपाध्यक्ष उम्मेदवार
बिष्णु प्रसाद घिमिरे उपाध्यक्ष उम्मेदवार
जिबन कुमार गुरुङ उपाध्यक्ष उम्मेदवार
बाल कृष्ण कंडेल (हिमाल) उपाध्यक्ष उम्मेदवार
बिकाश बस्नेत उपाध्यक्ष उम्मेदवार
दीकाराम कंडेल उपाध्यक्ष उम्मेदवार
बुद्दी राज घिमिरे उपाध्यक्ष उम्मेदवार
कालिका थापा महिला उपाध्यक्ष उम्मेदवार
टिकाराम खरेल महासचिव उम्मेदवार
कृष्ण प्रसाद खनाल कोषाध्यक्ष उम्मेदवार
सचिन श्रेष्ठ कोषाध्यक्ष उम्मेदवार
राजेश खनाल युवा संयोजक उम्मेदवार
राम प्रसाद शर्मा धनपति (रामु ढकाल ) सदस्य उम्मेदवार
राजु पनेरु सदस्य उम्मेदवार
सुरेश सापकोटा (सुनिल) सदस्य उम्मेदवार
राम बहादुर खत्री (अर्जुन केसी) सदस्य उम्मेदवार
फडिन्द्र पहाडी सदस्य उम्मेदवार
रामु कंडेल सदस्य उम्मेदवार
थम बहादुर क्षेत्री सदस्य उम्मेदवार
कृष्ण बहादुर थापा सदस्य उम्मेदवार
तारा बहादुर कार्की सदस्य उम्मेदवार
बिनय गुरुङ सदस्य उम्मेदवार
मन्जु गिरी सदस्य उम्मेदवार

बोधार्थ –

१.श्री भबन भट्ट -अनुगमन समिति संयोजक जापान एन आर एन तथा पुर्ब आ सिसि अध्यक्ष
२.श्री महेश श्रेष्ठ – कोशाध्यक्ष आइ सिसि एन आर एन ए
३.श्री रोविन्द श्रेष्ठ आर सी ,आइ सिसि
४..श्री पारश पोखरेल – संयोजक अध्यक्ष मण्डल तथा आइ सिसि डी आर सी
५.श्री राजन प्रधानाङ्ग -संयोजक उच्चस्तरीय छानबिन समिति तथा पुर्ब अध्यक्ष एन आर एन जापान
६.श्री ओम गुरुङ -अध्यक्ष मण्डल सदस्य तथा पुर्ब एन आर एन जापान अध्यक्ष
७ .श्री रोशन केसी -अध्यक्ष मण्डल सदस्य तथा पुर्ब एन आर एन जापान अध्यक्ष
८.श्री नारायण सुबेदी -अध्यक्ष मण्डल सदस्य तथा आई सिसि सदस्य
९.श्री शालिक राम भण्डारी -अध्यक्ष मण्डल सदस्य

यस विषय उठान गर्दै आउनु भएकाहरु को जापानबासी नेपालीहरु ले मुक्त कण्ठले प्रशंसा गर्नुको साथै एनआरएनए जापानमा शुद्धिकरणको आवश्यकता भएको र ढिलै भएपनि यि आवाजहरु बुलन्द्ध हुनु स्वागतयोग्य कार्य भएको भन्दै प्रशंसा गरेको समेत पाईन्छ।

निर्वाचनमा विजयी घोषणा हुनु भएकाहरु समेत यस अभियानमा साथ भएको र आफु विजयी घोषणा भएपनि निर्वाचन पश्चात सामाजिक संजालमा आएका धाँदलीका तथ्यहरुले बधाई दिन,लिन समेत नसकेको व्यहोरा समेत सामाजिक संजालबाट जानकारी गराउदै आउनु भएको पाईन्छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -