जापान, २२ साउन २०७८ । गैर-आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानका १२ वटै क्षेत्रिय समितिहरुले एनआरएनए जापानको जुलाई ३० तारिख भएको अनलाईन प्रणालीबाट भएको मतदानमा अटोमेटिक सिस्टमको दुरुपयोग गरी योजबद्ध रुपमा असम्बन्धित पक्षले मतदान गरिएको भन्दै ऊजुरी परेको विषय र सामाजिक सन्जालमा भएका टिका टिप्पणी बारे दुख व्यक्त गर्दै संयुक्त रुपमा एनआरएनए जापान निर्वाचन २०२१ का अध्ययन तथा छानबिन समितिका संयोजक लाई पत्राचार सहित छानबिन कार्य छिटो गर्न अनुरोध गरेका छन् ।
अध्यक्ष मण्डलले २०२१ जुलाई ३१ तारिख निर्वाचनको छानबिन गर्न छानबिन समिति बनाएको प्रति धन्यवाद प्रकट गर्दै छानबिन कार्य ढिला भएको ध्यानाकर्षण गराऊदै अध्ययन तथा छानबिन समितिलाई छानबिन कार्यलाई चुस्त,दुरुस्त र छिटो गर्न समेत अनुरोध गरेका छन् ।
विज्ञप्तीमा आफुहरु १२ वटै क्षेत्रिय समितिहरु निष्पक्ष छानबिनको पक्षमा रहेको र छानबिन कार्यमा सहयोग गर्न समेत तत्पर रहेको भन्दै नाम र सम्पर्क नम्बर समेत एनआरएनए जापान निर्वाचन २०२१ अध्ययन तथा छानबिन समिति र अध्यक्ष मण्डललाई समेत ऊपलब्ध गराएको विषयबस्तु जानकारी हुन आएको छ ।
क्षेत्रिय समितिहरुले अध्यक्ष मण्डल र अध्ययन तथा छानबिन समितिलाई आगामी दिनमा हुने निर्वाचनमा यस्ता कमिकमजोरीहरु हुन नदिनको लागी निष्पक्ष छानबिन गरी अहिलेका कमिकमजोरीहरु लाई दस्तावेजको रुपमा राख्न समेत आग्रह गरेका छन् ।
क्षेत्रिय समितिहरुको चासो लाई स्वागतयोग्य भन्दै सामाजिक संजालमा समेत चर्चा हुदै आएको छ ।






































