जापान, २२ साउन २०७८ । गैर-आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानको यहि जुलाई ३० तारिख सम्पन्न भनिएको अनलाईन प्रणालीबाट गरिएको निर्वाचनमा अत्यन्तै धादली भएका तथ्यहरु एक पछि अर्को सार्वजनिक हुदै आए पश्चात बिबादित निर्वाचन बाट विजयी घोषणा गरिएकाहरु लाई सपथ लगाएत कार्यभार सुम्पन्ने विषय टर्दै गएको देखिन्छ।
निवर्तमान कार्य समिति विघटन भए पश्चात गत अधिवेशन बाट अनुमोदित भएको अध्यक्ष मण्डलले नयाँ कार्यसमिति नबन्दा सम्म NRNA जापानको सम्पुर्ण काम कार्बाहि गर्ने र गराऊने अधिकार भएको भएपनि हिजो मिति २०२१/८/६ तारिख विहिबार NRNA जापानको ईतिहासमै नभएको बिबादित निर्वाचन गराऊने दुई सदस्यिय निर्वाचन समितिका संयोजक नेत्र प्रकाश भण्डारीले अध्यक्ष मण्डल र छानबिन समितिको कुनै पनि औचित्य नभएको र भारतको ऊडिसा राज्यबाट मतदान भएको भएपनि आफुले गराएको निर्वाचन निष्पक्ष भएको र छिट्टै बिबादित निर्वाचन बाट निर्वाचित घोषणा भएकाहरुलाई निर्वाचन समितिले सपथ खुवाऊने काम गरिने र निर्वाचन समितिको काम सक्ने भन्दै विज्ञप्ती सार्वजनिक गरे पश्चात एनआरएनए जापानको बिबाद झनै चरम ऊत्कर्षमा पुग्ने देखिन्छ।
निर्वाचन समितिका संयोजकको यस्तो अराजक स्वच्छाचारी,हिटलरी प्रवृतीले गर्दा सामाजिक संजालमा धेरै सामाजिक अभियान्ताहरुले एनआरएनए जापानको साधारण सदस्य समेत नभएको व्यक्तिलाई निर्वाचन समिति संयोजक बनाऊनु नै ठुलो गल्ती भएको र आफै साधारण सदस्य समेत नभएको व्यक्ति भएकै कारण एक जना मतदाताको मताधिकार चोरिए पनि त्यसको भाव बुझ्न नसकेको भन्दै सामाजिक संजालमा धेरैले “घुम्ने बेचमा अन्धो मान्छे” भन्दै आलोचना गर्दै आएको पाईएको छ।
निर्वाचन समितिको विज्ञप्ती पश्चात अध्यक्ष मण्डलले निर्वाचन समिति संयोजक नेत्र प्रसाद भण्डारी द्वारा हिजो प्रेषित सुचना प्रति अध्यक्ष मण्डलको गम्भिर ध्यानाकर्षण भएको विषय सहित निर्वाचन समितिको काम,कर्तव्य र अधिकार भनेको निर्वाचन सम्पन्न गराऊनु मात्र भएको हुनाले यस भन्दा अगाडि बढेर काम नगर्न र अध्यक्ष मण्डलको परामर्श बिना कुनै काम गरेमा अध्यक्ष मण्डलले कठोर निर्णय लिग्न सक्ने र त्यस्तो सपना नदेख्न समेत एक विज्ञप्ती जारी गर्दै अनुरोध गरेको प्राप्त हुन आएको छ।






































