जापान, बुधबार, २० साउन २०७८ । गैर-आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानको जुलाई ३० तारिख भएको निर्वाचनमा नेपालको काठमाडौ,पोखरा लगाएतका ठाँउबाट २/३ सयको मत, भारतको ऊडिसा राज्यबाट ४०२ मत लगाएत जापानकै विभिन्न क्षेत्रबाट हजारौको सङख्यामा मतदान भएपछि निर्वाचन समिति र २०१९-२०२१ कार्यकालको कार्य समिति बिच भएको निर्वाचन, मतदान आचार संहिता भन्दा बाहिर गएर अनाधिकृत ढंगले मतदान भए पश्चात ठुलो बिबादमा फसेको NRNA जापानको एनआरएनए आईसिसि सदस्य पदमा विजयी हुनु भयो भनि घोषणा हुनु भएका श्रवण सत्यालले सामाजिक संजाल फेसबुक मार्फत आज मुख खोल्नु भएको पाईएको छ ।
निर्वाचन मतपरिणाम घोषणा भए पश्चात मतदान गर्नु हुने सम्पुर्ण प्रति धन्यवाद ज्ञापन गर्नु भएको सत्यालले मत परिणाम घोषणा भएकै दिनदेखि बिबादमा तानिएको NRNA जापानको निर्वाचनमा भारतको ऊडिसा राज्य, काठमाडौ र पोखराबाट मतदान भएको स-प्रमाणहरु सामाजिक संजालमा आए पश्चात र त्यसको लागी छानबिन समिति बन्दा समेत मौन रहनु भएका सत्यालले आज आफ्नो फेसबुक बाट मुख खोल्नु भएको हो।
एनआरएनए अभियानमा लामो समय देखि सक्रिय रहदै आउनु भएका सत्यालले यतिका दिन सम्म मौन रहेर एनआरएनए जापानको विगत देखि हाल सम्म भएका अनियमितताको बारेमा टोकियो जिल्ला अदालतमा मुद्धा दर्ता गर्ने तयारी भएको चर्चा पश्चात आफ्नो धारणा सार्वजनिक गर्नु भएको हुन सक्ने बुझिन्छ ।
सत्यालले आफ्नो फेसबुकमा लेख्नु भएको छ “खुसीले र विश्वासले दिनु भएको !! खुसी भएर दिन्छु!! दिल खोलेर दिन्छु मैले पाएको पद सपथ नै नखाँदै। तपाई कफन बानेर यो संस्थाको विकृती विरुद्ध साँच्चै लड्नु हुन्छ भने ? म पछी लाग्छु हजुरको। आऊनुहोस् म फुलमाला लगाऊन तयार छु!! म त्याग गर्न तयार छु यो संस्थाको गरिमाको लागी। मलाई पद भन्दा यो संस्था,समुदाय र आपसी संम्बन्ध नै धेरै प्यारो छ। भन्दै कोहि व्यक्ति विशेष लाई ईङकित गरेर लेख्नु भएको होकी भन्ने बुझ्न सकिन्छ।
हजारौ जापानबासी नेपालीको स्वच्छ ,पारदर्शी NRNA जापान बनाऊने चाहना लाई व्यक्ति विशेष संग लक्षित गर्नु भन्दा बरु निर्वाचनको क्रममा भएका जाल, झेलका बारेमा समेत केहि धारणा राखिदिन उहाँलाई कमेन्ट बक्समा केहि सामाजिक क्षेत्रमा क्रियाशिल व्यक्तिहरुले अनुरोध गर्नु भएको पाईन्छ । सत्यालले राख्नु भएको धारणाबाट समेत संस्था भित्र विकृती,विसंगती भएको विषय प्रष्ट पाईन्छ।
सत्याललाई जापानको नेपाली समुदायमा बिबाद रहित सामाजिक व्यक्तिको रुपमा हेरिदै आएपनि निर्वाचनको क्रममा भएका जाल, झेलका विषय स-प्रमाण आए पश्चात केहि धारणा नराख्दै व्यक्ति विशेष प्रति लक्षित हुनुले अलि असान्दर्भिक धारणा भएको भनेर आफ्नो मताधिकार चोरीएका मतदाताहरुले प्रतिक्रिया फर्काऊनु भएको समेत प्राप्त हुन आएको छ।






































