Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
४:५१:३४ बिहान
- ADVERTISEMENT -

एनआरएनए जापानभित्र भएका अनियमितता, अपारदर्शितालाई लिएर टोकियो जिल्ला अदालतमा मुद्धा दर्ताको तयारी

प्रकाशित मिति: २०७८ साउन २०, बुधबार

723
Shares

जापान, बुधबार, २० साउन २०७८ । गैर-आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानमा लामो समय देखि हुदै आएका आर्थिक अनियमितता, अपारदर्शिता र सामाजिक संघ संस्था भित्र मौलाउदै गएको दुषित कार्यलाई लिगेर टोकियो जिल्ला अदालतमा मुद्धा दर्ता गर्न आवश्यक कागजातहरुको तयारी कार्य गर्न थालिएको छ ।

एनआरएनए अभियान आफैमा एउटा सामाजिक अभियान भएता पनि NRNA जापानमा विगतका दिन देखि नेतृत्व गर्दै आएकाहरुले विभिन्न समयमा विभिन्न खालका आर्थिक अनियमितता गरेको तथ्यहरुको आधारमा मुद्धा दर्ता गर्ने तयारी थालिएको अन्तराष्ट्रिय कानुनी सल्लाहकार कानुन व्यवसायी डा. बलराम श्रेष्ठले जानकारी गराउनु भएको छ ।

विभिन्न समयमा हुदै आएका अनियमितता लाई लिगेर ऊजुरी परे पछि छानबिन समिति बनाएर त्यसको सत्य, तथ्य बाहिर ल्याउने र त्यसको प्रतिवेदन गैर-आवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद लाई बुझाऊने कार्य भएपनि सो संस्थाले सामाजिक संघ संस्थामा रहेर आर्थिक अनियमितता गर्नेहरु लाई कार्बाहिको दायरामा लेराऊने कार्यमा ढिलासुस्ती गरेको कारण जापानको हकमा भने जापानकै जिल्ला अदालतबाट न्यायको ढोका ढक्क ढकाईने तयारी भई रहेको हो ।

जापानमा दर्ता भएका संघ, संस्थाहरु जापानकै नियम, कानुन अनुसार चल्नु पर्ने भएपनि संस्थाको नेतृत्व तहमा रहदै आएकाहरुको गैर-जिम्मेवारीका कारण सिन्गो जापानबासी नेपाली समुदायहरु नै बदनाम हुदै आएका छन् ।

“नेपालीका लागी नेपाली” भन्ने मुल नाराका साथ प्रवासका विभिन्न देशमा नेपाल र नेपालीहरु लाई मर्दा र पर्दा काम गर्नु पर्ने संस्थाले संस्था स्थापनाको भाव अनुसार काम गर्न नसक्दा र व्यक्ति विशेषले संस्थाका पैसा अपचलन गर्ने कार्यमा संमलग्न भएको देखिदै आए पश्चात कानुनी बाटो नै अबको एक विकल्प भएको जानकारी हुन आएको छ ।

हाल मुद्धा दर्ता तयारी गर्न लागीएको विषयमा हाम्रो सम्पर्कमा श्रेष्ठले संस्था भित्र विगत देखि वर्तमान सम्म भई रहेका नकारात्मक विषय वस्तुलाई ऊठान गरेर आवश्यक प्रक्रियाको तयारी थालिएको समेत जानकारी गराउनु भएको छ ।

श्रेष्ठले आफ्नो सामाजिक संजाल फेसबुकबाट समेत जानकारी गराउनु भएको छ यो विषय कुनै व्यक्ति विशेष लाई लिगेर नभएर संस्था भित्र मौलाउदै गएको विकृति, विसंगती विरुद्ध यस संस्थाको जिम्मेवार सदस्यको हैसियतले र धेरै जापानबासी नेपालीहरुको अनुरोध पश्चात आफुले यो कदम चाल्न लागेको समेत जानकारी हुन आएको छ ।

श्रेष्ठले यस्ता अनैतिक कार्य गर्नेहरु लाई संरक्षण जो कोहि व्यक्ति विशेषले गरेपनि आफुलाई यस कदमको पक्षमा हजारौ जापानबासी नेपालीहरुको साथ रहेकोले अनैतिक कार्यको मतियार नहुन समेत सचेत गराउनु भएको छ ।

अनैतिक कार्यलाई प्रसय दिने, हालै सम्पन्न भयो भनिएको निर्वाचनका समयमा भएका जाल, झेल, धादलीको मतियार कोहि पनि नहुन र धादली पुर्ण निर्वाचन बाट कथित विजयी घोषणा गरिएकाहरु लाई सपथ खुवाऊने र संस्थाको डाटाहरुमा हेरफेर गर्ने जो कोहि लाई पनि साईबर अपराध सम्बन्धी मुद्धा दर्ता गरिने समेत जानकारी गराऊनु भएको छ ।

श्रेष्ठले चाल्न लाग्नु भएको कदमको जापानबासी नेपालीहरुले खुलेर उच्च प्रशंसा समेत गरेको सामाजिक संजालमा अध्ययन गर्न पाईन्छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -