जापान, मंगलबार, १९ साउन २०७८ । गैर-आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापान चिवा क्षेत्रिय समितिले एनआरएनए जापानको जुलाई ३० तारिख भएको निर्वाचनमा मतदाताहरुको मताधिकारको चरम दुरुपयोग भएको,नेपाल काठमाडौ लगाएत पोखराबाट सयौको सङख्यामा मतदान भएको, भारतको ऊडिसा राज्यबाट समेत ४०२ मत मतदान भएका तथ्यहरु सामाजिक संजालमा आए पश्चात दुख व्यक्त गरेको छ ।
१२ वटा क्षेत्रिय समिति रहेको एनआरएनए जापानमा चिवा क्षेत्रिय समितिले आफ्नो फेसबुक पेजबाट निम्न विषयवस्तुहरुको ऊठान गरेको प्राप्त हुन आएको छ ।
नमस्कार
गैर-आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानको २०२१-२०२३ कार्यकालको लागी सम्पन्न भएको निर्वाचन,निर्वाचन मत परिणाम पश्चात सामाजिक संजालमा देखिएका निर्वाचन प्रक्रियामा भएका केहि खेद जनक क्रियाकलापको स-प्रमाण ले यो संस्थाको महत्व र भविष्य नै संकटमा पर्ने त होईन भन्ने गम्भिर प्रश्न चिन्ह खडा भएको महसुस भएको छ।
विकृति,विसंगती, अन्याय विरुद्ध आम सामान्य मतदाताको हैसियतले यि प्रश्न गर्दा अपराध हुन्छ भने कानुन अनुसार दण्ड गरियोस् हैन भने स-प्रमाण न्यायको खोजिमा रहेका आम मतदाताको चित्त बुझ्दो जवाफ सम्बन्धित पक्षहरुले दिनु पर्दैन र? त्यसैले अध्यक्ष मण्डलले गठन गरेको छानबिन समितिले सत्य तथ्य बाहिर ल्याई दोसिलाई कडा भन्दा कडा कारवाहि गर्ने छ भन्ने अपेक्षा राखेका छौ ।
सो समितिले सामाजिक संघ,संस्थाको निर्वाचनमा हुने यस्ता अनैतिक कृयाकलापले संस्थाको गरिमा माथि आँच आऊनुका साथै संस्थाको भविष्यनै संकटमा पर्ने त होईन भन्दै गम्भिर प्रश्न चिन्ह खडा भएको धारणा व्यक्त गरेको छ।
सामाजिक संघ संस्थामा हुने यस्ता विकृती,विसंगती,जाल,झेल र अन्याय विरुद्ध चिवा क्षेत्रिय समिति बोल्दा अपराध हुन्छ भने कानुन अनुसार दण्ड गर्न समेत चुनौती दिदै अन्य क्षेत्रिय समितिहरु लाई समेत मौन नरहन अनुरोध गरेको प्राप्त हुन आएको छ ।
साथै, चिवा क्षेत्रिय समितिले एनआरएनए जापानका संस्थापक अध्यक्ष राजन प्रधानङको संयोजकत्वमा बनेको ५ सदस्यिय छानबिन समितिलाई सामाजिक संजालमा राखिएका प्रमाणको आधारमा सत्य, तथ्य बाहिर लेराउन र दोषीलाई कडा भन्दा कडा कार्बाहि गर्दै संस्थाको प्रतिष्ठा जोगाउदै आफ्नो मताधिकारबाट बन्चित गराइएको मतदातालाई न्याय दिन समेत अनुरोध गरेको प्राप्त हुन आएको छ।






































