जापान, १५ साउन २०७८ । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको १० औं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । आज (जुलाई ३०)मा सम्पन्न निर्वाचनले शिवप्रसाद पौडेललाई अध्यक्षमा निर्वाचित गरेको छ ।
नयाँ कार्यसमिति २०२१-२३ का लागि आज सम्पन्न निर्वाचनमा कुल २९ पदका लागि ५९ जनाले उम्मेदवारी दिएका थिए ।
अध्यक्ष पदमा मात्र पाँच जनाले दावी प्रस्तुत गरेकामा शिवप्रसाद पौडेल भारी मतले निर्वाचित हुनुभएको छ । पौडेलसंगै अध्यक्ष पदमा अनिता गुरूङ, नरेन्द्र बस्नेत दिनेश, सरोजकुमार खत्री र किरण बर्मा प्रतिस्पर्धामा हुनुहुन्थ्यो ।










































