टोकियो, शनिबार, २ साउन २०७८। रोविन शेरचनले एनआरएनए जापान आईसिसि सदस्यमा उम्मेदवारी दिएका छन ।
सामाजिक उत्तरदायित्व बहनका लागि सक्रियता, लगनशिलता र जिम्मेवारी बोधका साथ मेरो अग्रसरता नाराका साथ चुनाबी मैदानमा आएका शेरचनले आगमि दिनमा मातृभूमिको लागि सहयोग गर्न एनआरएन अभियानमा लागेको बताउनु भयो ।
जापानमा तिन दशक बिताएका शेरचनले टोकियोमा नेपालीहरुको गौरव बनेका आगन, याताईमुरा जस्तो नेपाली मौलिक रेष्टुरेन्ट सफलतापूर्वक सचालन सहित नेपालीको परिचय पनि दिन सफल भएका छन ।
रोविनलाई जान्नेहरु ब्यबसायको सफलता मात्रै होईन, नेपाली खानाको परिचय, नेपाली शैलीको ईन्टिरियर डेकोरेशन सहित नेपाल कला, सस्कृती सहितको खानालाई जापानिजहरुका विच लोकप्रिय बनाउन ठुलो भूमिका खेलेको बताउँछन ।
शेरचन एनआरएनए जापानका वर्तमान सल्लाहकार, सहित जापानमा हुने सबै प्रकारका बिभिन्न कार्यक्रमहरुमा आर्थिक सहयोग गर्ने गरेका छन ।
एनआएनए जापानको दशौं अधिवेशनको उद्घाटन ओसाकामा जुलाई २५ तारिख हुनेछ भने मतदान २७ तारिख हुने निर्वाचन समितिले जानकारी दिएको छ ।





































