जापान, शुक्रबार, १ साउन २०७८ । जापान ब्यापी निबन्ध प्रतियोगिता २०२१ हुने भएको छ । निबन्धको शिर्षक मेले चिनेको र चाहेको एनआरएनए राखिएको छ ।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा गैर आवसीय नेपाली संघ, क्युस्यु छेत्रीय समिती द्वारा आयोजना हुन लागेको उक्त प्रतियोगिता आबेदन खुला गरिएको छ ।
१६ जुलाई २०२१ देखि १० अगस्ट २०२१ सम्म आबेदन खुला गरिएको आयोजकले जनाएको छ ।

निबन्ध प्रतियोगितामा प्रथम हुने प्रतियोगीलाई ७५ हजार येन प्रदान गरिनेछ । त्यसैगरी दृतिय हुने प्रतियोगीलाई ४५ हजार येन प्रदान गरिनेछ । त्यसैगरी, तृतीय हुने प्रतियोगीलाई २० हजार येन प्रदान गरिनेछ । साथै सान्त्वना पुरस्कार १० हजार येन प्रदान गरिनेछ ।





































