कनेक्टिकट, अमेरिका, के पी भट्ट, बुधबार, ३० असार २०७८ । एनआरएन कनेक्टिकट च्यापटरको नयॅा (२०२१-२०२३ ) कार्यसमितिको पद हस्तान्तरण कार्यक्रम एक समारोह बिच सम्पन्न भएको छ । सो कार्यक्रम संस्थाका सल्लाहाकार पिताम्बर अधिकारीको सभापतित्वमा स्थानिय संस्था नेकोनका प्रमुख सल्लाकार कृष्ण अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
संस्थाको सबै कार्यसमितिका पधादिकारी निर्विरोध निवार्चित भएका छन । अध्क्षयमा मुना तिवारी, उपाध्क्षयमा सुशिला कार्की, सचिव केपी भट्ट, कोषाध्क्षय राकेश पोखरेल, महिला संयोजक सुनिता उपाध्याय राउत,युवा संयोजक गोपाल अधिकारी, सदस्यहरु मोति भट्टराई, सुनिता पाण्डे, नमुना अर्याल, विरोद महर्जन, बन्दना लुईटेल, शुशिला खडका रहेका छन ।
नेकोनका उपाध्यक्ष रधु गिरि, लाईन्स क्लबका अध्यक्ष प्रकाश एनआरएन कनेक्टिकट च्यापटरका पुर्व अध्यक्ष घनश्याम खड्का, एनआरएन कनेक्टिकट च्यापटरका संस्थापक अध्यक्ष राम ओझा ,च्यारटरका सल्लाकार गणेश अर्याल लगायत कार्यक्रमा स्थानिय समाजसेवी, बुर्दिजिविहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमा स्वागत मन्तव्य राख्नुहुने वक्ताहरुले नवनिवार्चित कार्यसमितिलाई बधाई दिनुको साथै सबै संध संस्था संग मिलेर काम गर्न शुभकामना व्यत गर्नु भएको थियो ।
सो कार्यक्रममा च्यापटरका पुर्व अध्यक्ष हरि प्रसाद जोशीले संस्थाको हर हिसाब, माईनेट लगायत सामाग्री नवनिवार्चित अध्यक्षलाई हस्तान्तरण गर्नु भयो । नवनिर्वाचित अध्यक्ष मुना तिवारीले आगामी दिनहरुमा सबै सगं सहयोगको अपेक्षा गर्दै आफुलाई निर्विरोध च्यापटरको अध्यक्ष बनाउन सहयोग गर्नुहुने सहयोगि मनहरुलाई धन्यबाद ब्यक्त गर्नुको साथै आफुले कनेक्टिकट राज्यमा बसोबास गर्ने नेपालीहरुको सुख दुखमा काम गर्ने बताउनु भयो ।





































