हङकङ, सोमबार, २८ असार २०७८ । नेपाली जनसम्पर्क समिति हङकङको सभापतिमा काजी गुरुङ निर्वाचित हुनु भएको छ । समितिको १२ औं अधिवेशनबाट ९७ मतसहित गुरुङ सभापतिमा निर्वाचित हुनु भएको हो ।
जन्मथलो पर्वत भएका गुरुङले उहाँका निकटतम प्रतिस्पर्धी गोविन्द रानालाई पछि पारेका थिए । सभापतिमा निर्वाचित गुरुङ यसअघि २ कार्यकाल उपसभापति रहनु भएको थियो ।
कांग्रेसको महासमिति सदस्य समेत रहनु भएका गुरुङ कांग्रेस सभापति शेरबहादुर देउवा र बालकृष्ण खाणको अत्यन्तै निकट हुनुहुन्छ।





































