Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
४:५३:५४ बिहान
- ADVERTISEMENT -

एनआरएनए जापानको महासचिवमा खरेलको उम्मेदवारी

प्रकाशित मिति: २०७८ असार २४, बिहीबार

549
Shares

टोकियो,जापान, २४ असार २०७८ । गैर आवासीय नेपाली संघ ( एनआरएनए) राष्ट्रिय समन्वय परिषद् जापानको आगमी २०२१-२३ कार्यकालको लागि महासचिव पदमा टिकाराम खरेलले उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।

“ईमान्दारिता,आर्थिक पारदर्सिता र लगनसिलता,सक्षम,सबल र साझा NRNA मेरो प्रतिबद्दता” भन्ने मुल नारा सहित उम्मेदवारी दिने घोषणा गर्नुभएको हो।

वर्तमान कार्यसमितिमा सचिब पदमा रही जिम्मेबारी समालिरहनुभएका खरेल २००८ देखी संस्थामा प्रत्यक्ष तथा परोक्ष रुपमा संलग्न हुनुहुन्थ्यो ।
जोस,जागर र काम गर्ने इच्छा शक्तिलाई पुनः सदुपयोग गरी सम्पूर्ण जापानबासी नेपालीहरुसँग हातेमालो गरेर अझै अगाडि बढ्ने दृढ चाहना अनुरुप महासचिब पदमा उम्मेदवारी दिने निर्णयमा पुगेको बताउनुभयो ।

महासचिवका दाबेदार टिकाराम खरेलद्वारा जारी १२ बुँदे प्रतिबद्धताहरु निम्नानुसार छन् –

१-जापानमा रहेका गैरआवासीय नेपालीहरुको समस्या समाधान र भैपरी आउने आपतकालिन अवस्थाको लागि सहयोग गर्न एक आपतकालीन राहातकोषको निमार्ण गरि त्यसलाई चौविसै घण्टा सक्रिय र निरन्तरताको लागि पहल गर्ने छु ।
२-जापानमा हुने कानुन,नीति नियम लाई ख्याल गर्दै जन-चेतनामुलक कार्यक्रमहरु संञ्चालन गर्ने छु ।
३-नेपाली-नेपाली बीचको एकता र सद्भावनालाई अझै बढि प्रगाढ बनाउन पहल गर्दै जापानमा रहेका संघ-संस्थासंग सुमधुर सम्वन्ध कायम राख्न सकृय रहने छु ।
४-अध्यनको क्रममा जापानमा रहेका नेपाली विद्यार्थीहरुका लागि उच्च शिक्षा अध्यन तथा रोजगारीको लागि सेमिनार लगायतका अन्य कार्यक्रमहरु गर्ने छु।
५-बिधार्थी केन्द्रित क्षमता अभिबृदीका कार्यक्रमहरु संञ्चालन गर्ने जस्तै वक्तित्वकला,चित्रकला,हाजिरीजबाफ आदी-आदी।
६-बिधार्थीहरुले अहिले प्राप्त गरिरहेको छात्रवृति लगायतका अन्य सुबिधाहरुलाइ अझै थप र ब्यबस्थित गर्नमा पहल गर्ने छु।
७- जापानमा कार्यरत कुक तथा डिपेन्डेन्ट दाजुभाई तथा दिदीबहिनीहरुलाई लक्षित भाषा कक्षा संञ्चालन तथा बिभीन्न तालिम र सेमिनारको ब्यबस्था गरिने छ।
८-बालवालिका हरुको लागि केन्द्रित गरि नया कार्यक्रमहरु तर्जुमा गरिने छ।
९- NRNA जापानले गर्दै आईरहेको नेपाल फेष्टिबल लगायतका कार्यक्रमहरुलाई निरन्तरता दिइने छ।
१०-आर्थिक पार्दशिता र यसको परिचालनको लागि छुट्टै आर्थिक परिचालन समिती बनाईने छ र जसको प्रतेक महिनाअडिटिङ् गर्नुका साथै सम्पुर्ण बिबरण जापान बासी नेपाली समुदायमा सार्बजनिक गरिने छ।
११-समय सापेक्ष विधानमा परिमार्जन गरिने छ।
१२-अन्य भैपरि आउने र संस्थामा गर्नु पर्ने कार्यहरु तदारुकताका साथ गर्ने छु।
अन्त्यमा,म कुरा भन्दा काममा बिश्वास राख्दछु।
२००८ देखिनै संस्थाको साधारण सदस्य रहदै २०१३ बाट संस्थामा प्रत्यक्ष या अप्रत्यक्ष रुपमा संलग्न रहि आएको कुरा याहाहरुलाई अबगत गराउन चाहान्छु।
संस्थाको जुन लक्ष्य र उदेश्य छ त्यो उदेश्य प्राप्ति गर्नका लागि म एउटा इट्टा पक्कै थप्ने छु।आजका मिति सम्म तपाईहरुले म प्रति गर्नु भएको सदभाव र विश्वासमा एक इन्च पनि कमि आउन दिने छैन ।सम्मानित संस्थाको बिकासका लागि म भित्र रहेको ज्ञान,सिप,बुद्दि,बिबेक र शक्ति प्रयोग गर्ने छु भने संस्थाको बिधि, बिधान र जापानको कानुनमा टेकेर यहा रहेका हरेक नेपालीहरुले बिश्वास र भरोसा गर्न सक्ने संस्था बनाउन प्रतिबद्द रहने छु।

धन्यबाद।
भबदिय,
टिकाराम खरेल
महासचिब पदको उम्मेदवार
(NCC जापान २०२१-२०२३)
हाल सचिब

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -