जापान, बिहिबार, २३ असार २०७८ । एनआरएन जापानको उपाध्यक्ष बालकृष्ण कड़ेल (हिमाल) ले उमेदवार दर्ता गराएका छन ।
‘’तेरो र मेरो होइन,हाम्रो र राम्रो बनाऊँ, मन,बचन कर्मले एकता र सद्भाव जगाऊँ’’ बिभिन्न पेशा व्यवसाय अध्यान र रोजगारीका सिलसिलमा बिश्वका बिभिन्न मुलुकहरूमा बसोबास गर्ने नेपाली हरूको साझा छाता संगठन गैर आबासिय नेपाली संघ (NRNR) नेपाली को लागी नेपाली भन्ने मुख्य सोलोगन सहित स्थापना काल देखी देशमा होस वा बिदेशमा बस्ने नेपाली हरूको मलम बन्दै आईहेको छ ।
यस संस्थाप्रति आम नेपाली समुदायको बिश्वास र भरोसाको कारण आज बिश्वका ६० मुलुक बाट आफ्नो कार्य सम्पादन गर्दै अभिभावकिय भुमिका खेल्दै आईरहेको छ । यस्तो पबित्र सेवाभाव बोकेको संस्थाको एक अभियान्तको रूपमा जोडिन पाउदा आफुलाई अत्यन्तै गौरवान्वित महशुस गरेको बताउनु भएको छ ।

बिभिन्न आरोह अबरोह पार गर्दै बिगत २३ बर्ष देखी जापानमा टोकियोमा बसोबास गर्दै हाल ब्यबासायिक रूपमा आफ्नो कर्मलाई अगाडी बढाईरहेको अवगत गराउदै यसै क्रममा सामाजिक कार्यमा सकृय सस्था गल्कोट समाज जापानको संस्थापक स-सचिब हुदै हाल संरक्षकको रूपमा रही आएको उहाँले बताउनु भयो ।
माया हौसला साथ र सहयोगले गैर आबासिय नेपाली संघ जापानको NRNA २०१७-२०१९ को कार्य समितीको सदस्य को रूपमा काम गर्ने अबसर दिनु भएको मा यहाँ हरू सबै प्रति पुन: धन्यवाद ब्यक्त गर्नु भएको छ ।
संस्था र संस्थाको उदेश्य कहिले पनि नराम्रो हुदैन । पछिल्ला दिनहरूमा एन आर एन ए मा देखिएका आर्थिक अनियमितता, गुठगत दलगत समूहगत ब्याक्तीगत प्रभाबका कारण सिङगो अभियान प्रति आम नेपाली हरूको बिश्वास घट्दै गईरहेको छ । यी यस्ता प्रबृतीबाट माथी उठेर समुन्नत समाज निर्माणका लागी सबै प्रबासी नेपालीहरू लाई सामुहिक अपनत्व र आफ्नो पनको महशुस गराउदै सबैको साझा घर निर्माण गर्दै हामीले बिदेशमा हासिल गरेका ज्ञान सिप र पुजीलाई मातृभूमिमा लगानी गरी सम्बृद नेपाल निर्माणको लागी सबै मा आह्वान गर्दै आगमी २०२१-२०२३ कार्यकालको लागी गैर आवासिय नेपाली संघ जापानको उपाध्यक्ष पदका लागी आफ्नो उमेदबारी घोषणा गर्नु भएको छ ।
बिगतमा जस्तै,सल्लाह सुझाव साथ र सहयोग सहित आफ्नो अमुल्य मत दिनु भई बिजयी गराई बिगतमा जस्तै निरन्तर सामाजिक सेवामा लाग्ने प्रेरणा दिनु हुनको लागी जापान बासी नेपाली आमा बुवा दाजूभाई दिदीबहिनी लगायत सम्पुर्ण मतदाता ज्यू हरूमा बिनम्रताता का साथ हार्दिक अपिल गर्नु भएको छ ।
बालकृष्ण कंडेल (हिमाल)
उपाध्यक्ष पदको उमेदबार
ग़ैर आवासीय नेपाली संघ (NCC जापान २०२१-२०२३)





































