दुबई, मंगलबार, २२ असार २०७८ । युनाइटेड अरब इमिरेट्स (यूएई) ले आफ्नो देशमा उच्च शिक्षा हासिल गर्न चाहने विधार्थीको परिवारलाई १० वर्षको गोल्डेन भिसा उपलब्ध गराउने भएको छ । सरकारले राम्रो ग्रेड ल्याएका प्रतिभाशाली विधार्थीका लागि मात्र यस्तो ‘अफर’ अघि सारेको हो ।
यूएई सरकारले सोमबार यसको घोषणा गर्दै विदेशमा उच्च शिक्षा हासिल गर्न चाहने विधार्थीका लागि लोभलाग्दो ‘अफर’ सार्वजनिक गरेको हो ।
सरकारले प्रतिभाशाली विदेशी विधार्थीलाई लोभ्याउन यस्तो ‘अफर’ अगाडी सारेको बताइएको छ। यहाँ अध्ययन गर्न चाहने विधार्थीले इमिरेट्स स्कुलमा आवेदन दर्ता गर्न सक्नेछन् ।
यसमा ‘प्लस टु’ गरेका विधार्थीले ९५ प्रतिशत अंक ल्याउनु पर्ने उल्लेख छ। यस्तै, विश्वविधालयका विधार्थीले भने ३ दशमलव ७५ प्रतिशत अंक ल्याउनुपर्ने उल्लेख छ ।





































