जापान, बुधबार, १६ असार २०७८ । गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् जापानको उपाध्यक्षमा क्युस्यु क्षेत्रबाट रामकृष्ण श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् ।
एनआरएनएको २०२१-२०२३ कार्यकालका लागि हुने निर्वाचनका लागि श्रेष्ठले उम्मेदवारी दिने बिहीबार घोषणा गरेका हुन् । उनले सबैलाई समेटेर एनआरएनएलाई अभिभावक संथाको रुपमा स्थापित गर्ने, युवा, महिला, विद्यार्थी, व्यवसायी एवं सम्पूर्ण नेपालीहरुको हितमा काम गर्ने, नेपाल फेस्टिबलजस्ता कार्यक्रम आयोजना गर्ने, खेलकुद क्षेत्रमा सहयोग गर्नेलगायत आफ्ना एजेन्डा अघि सारेर नेपाली समाजको लागि अग्र भूमिकामा रहेर काम गर्ने बताए ।
आगामी दिनमा क्षेत्र र केन्द्रको सम्बन्ध अझ मजबुद बनाई एनआरएनएको कामलाई अझ रचनात्मक बनाउने उद्देश्यका साथ केन्द्रीय कार्यसमितिको उपाध्यक्ष पदमा आफ्नो उम्मेद्धारी दिएको बताउनु हुन्छ । हाल केन्द्रमा देखिएको आर्थिक अनियमिततालाई बिधिसम्बत रुपमा छानबिन गरि समाधानको लागि आबश्यक पहल गर्ने र आगामी दिनमा एनआरएनए भित्र यस्ता अनियमितता हुन नदिन आर्थिक हिसाब किताबलाई पारदर्शि पार्नको लागि प्रत्येक बर्षको ६/६ महिनामा लेखा परिक्षण गर्ने ब्यबस्था गर्नेछु । लेखा शाखालाई चुस्त राख्नको लागि लेखा परिक्षण कार्यबिधि निर्माण गरी केन्द्र देखि प्रत्येक क्षेत्रमा कार्यान्वयनमा ल्याउन आबश्यक पहल गर्नेछु
हाल गैर आवासीय नेपाली संघ जापानको २०१९–२०२१ कार्यकालमा केन्द्रिय सदस्यमा रहेर रचनात्मक काम गरेका श्रेष्ठले क्षेत्रसँग राम्रो समन्वय गरी काम गरेका थिए । क्युस्यु क्षेत्रमा लामो समय देखि बसोबास गर्दै आउनु भएका श्रेष्ठ नेपाली कला, संस्कृति जापनिज समुदायहरु माझ देखाउनु पर्छ भन्ने निश्चित उद्देश्यले फुकुओकामा पहिलो पटक नेपालीहरुको बाक्लो उपस्थितिमा बैशाखी मेलाको शुरुवात समेत गरेका थिए ।
श्रेष्ठले केन्द्रमा पेश गरेका प्रतिबद्धता तथा गर्नुपर्ने कामको बिबरण तल उल्लेख गरिएको छ ।
१. जापानमा भैपरी आउने समस्याको दीर्घकालिन समाधानको लागि क्षेत्रिय कार्यसमितिहरु एकजुट भई कसरी समन्वय र सहजीकरण गर्ने ?
२. हालसम्म आफ्नो क्षेत्रको बैक खाता नखोलिएको क्षेत्रहरुको खाता खोल्न पहल गर्ने ?
३. क्षेत्रिय समितिहरुले आफ्नो भाबी योजनाका कार्यक्रममा केन्द्रिय के–कस्ता अपेक्षा गरिराखेको हुन्छ ?
४. क्षेत्रिय समितिहरुले क्षेत्रमा बसोबास गर्ने नेपालीहरुको बिबरण राखी नेपालीहरु प्रति जिम्मेवार रही काम गर्ने र सो को लागि केन्द्रीय कार्यसमितिसँग आबश्यक परामर्श गर्ने ।
५. कोरोना भाईरस कोभिड–१९ को संक्रमणले आफ्नो क्षेत्रमा बसोबास गर्ने नेपालीहरुलाई लाभदायी हुने सुचनाको प्रबाह के–कसरी गर्न सकिन्छ सोको जानकारी गराउने ।





































