काठमाडौं, मंगलबार, २५ जेठ २०७८ । कतारमा केही नेपालीको गै’रकानूनी क्रियाकलाप तथा अ’वैध व्यापारलाई लिएर त्यहाँको सु’रक्षा निकायको गम्भीर ध्यानाकर्षण भएको छ ।अ’वैध रुपमा मदिरा उत्पादन, जु’वातासको धन्दा, नेपाली चे’लीलाई ब’न्धक बनाएको घ’टना तथा नेपालको राजनीतिलाई लिएर नेपाली–नेपालीबीच हुने गरेको झै–झगडालाई कतार सरकारले गम्भीरताका साथ लिएको छ।
विश्व कपमा कुनै पनि किसिमको गडबडी नहोस् भन्ने हेतुले कतार सरकारले सुर’क्षाको विभिन्न युनिट बनाइरहेको छ। विश्व कप आयोजना हुने रंगशाला निर्माणमा नेपाली श्रमिकको ठूलो योगदान भएका कारण कतार सरकारले नेपाली कामदारको सानोतिनो गैरकानूनी क्रियाकलापलाई आँखा चिम्लिए पनि अब उसले सुरक्षा मामिलामा कुनै किसिमको सम्झौता नगर्ने छाँट देखाएको छ।
यद्यपि केही नेपालीको विषयमा गहिरो अनुसन्धान भए पनि कतार सरकारले कारवाही प्रक्रिया अगाडी बढाएको छैन। कतारमा सन् २०२२ मा फिफा विश्व कप फुटबल प्रतियोगिताको आयोजना हुँदैछ। यसका लागि सरकारले विस्तारै सुरक्षा संयन्त्रलाई मजबुत बनाउदै लगिरहेको छ।
यसको पछिल्लो उदाहरण हो, कतारको गृह मन्त्रालयबाट जारी विज्ञप्ती। कतारको गृह मन्त्रालयले हालै एउटा विज्ञप्ती सार्वजनिक गर्दै भनेको छ, ‘विभिन्न सामाजिक संजालमा आइरहेका केही महत्त्वपूर्ण बिषय तथा अशोभनीय गतिविधिलाई सु’रक्षा निकायले सुक्ष्म निगरानी तथा गहिरो अनुसन्धान गरिरहेको छ। छिट्टै यसबारे सत्यतथ्य पत्ता लगाएर कानूनी कारवाही अगाडी बढाउने कुरामा गृहले सबैलाई सचेत गराएको छ।’





































