न्युयोर्क (अमेरिका), आइतबार, १६ जेठ २०७८ । एनआरएनए एनसीसी अमेरिकाको नयाँ नेतृत्वका लागि मतदान प्रकृया शुरु भएको छ । अनलाइन मार्फत मतदान हुने भएको हो । शनिवार र आइतवारसम्म भोट हाल्न सकिन्छ ।अधिकाशले भोट हालिसकेका छन् ।
एनआरएनए अमेरिकाको कार्यसमिति, आईसीसी सदस्य र च्याप्टर कार्यसमिति लागि निर्वाचन भईरहेको छ । करिव ४०० भन्दा वढी उम्मेदवार छन् । एनआरएनए अमेरिकामा करिव २० हजार मतदाता छन् ।
यसका लागि आफ्नो फोन नम्बर र एनआरएनए अमेरिकाको सदस्यता नम्बर चाहिन्छ । सदस्यता नम्बरका लागि एनआरएनए यूएसए डट कम भित्र गएर हेर्न सकिन्छ । साधारण सदश्य हो भने यूएसजीएम ड्यास र नम्बर आउछ ।
फोन र यो नम्बर हालेपछि कोड प्राप्त हुन्छ । सही कोड हालेपछि मतपत्र प्राप्त हुन्छ । अध्यक्ष, सदस्यहरु लगायत च्याप्टर भएका स्थानमा च्याप्टर कार्यसमितिको पनि एकैपटक त्यही भोट हाल्न सकिन्छ ।





































