जापान, आइतबार, ९ जेठ २०७८ । हेल्पिङ्ग हेन्ड्स जापान टिमद्वारा ११ लाख ७२ हजार ५ सय २८ रुपैयाँ रवि लामिछाने फाउण्डेसनमा पठाएको छ ।
उक्त ग्रुपले कोरोनाका कारण नेपालमा परेको असरलाई मध्यनजर गर्दै अक्सिजन सहयोग तथा राहत अभियान चलाईरहेको छ ।
अक्सिजन अभियानलाई जापानको ईसिखावाकेनले पनि सपोर्ट गरेको छ । बिगत २३ बर्ष देखि नेपालको नगरकोटदेखि लुक्लासम्म बिभिन्न सामाजिक क्षेत्रमा प्रत्येक्ष सहयोग गर्दै आउनु भएकि समाजसेबी सिमोउ सिमाजाकिले सिटि अफिससंग सहयोगको लागि पहल गरि एच एच जेटी का शुभचिन्तक शर्मिला थापाको सहजिकरणमा सरकारी लेवलबाटै कानुनी रुपमा मान्यता लिई यो कार्यको शुभारम्भ गर्नु भएको थियो ।

समाजसेबी सिमाजाकिले सहयोग गरेका सोलुखुम्बु जिल्लामा १३ वटा प्राथमिक स्कुल संचालनमा छन । ईसिखावा कार्यालयका अनुसार कार्यालयले सामाजिक कार्यमा अग्रसर समुहहरुलाई पहिले देखि नै सपोर्ट गर्दै आएको र एच एच जे टी ले गर्दै गरेको सबै काम नियाल्दा आफुहरुलाई मन परेकोले सपोर्ट गरेको सिटि अफिस अन्तर्गत ईन्टरनेसनल एसोसियसन सलोन चिफ उरानो आयाकोले बताउनु भयो ।
अभियानमा विभिन्न देशबाट सहयोग हुने क्रम जारी छ । जापानबासी नेपालीहरुले पनि उल्लेख्य सहभागिता जनाउनु भएको छ। अभियान मे २७ गते राति १२ बजे सम्म चल्ने नारायण पोखरेलले बताउनु भयो।





































