लेगोस , नाइजेरिया, सोमबार, २७ बैशाख २०७८ । नेपालमा अक्सिजन आपूर्तिका लागि एनआरएनए अफ्रिकाबाट तत्काल १२ लाख सहयोग गर्ने भएको छ ।
कोरोना संक्रमणले मातृभूमिको स्थिति झनझन बिग्रदो अबस्थामा गए पछि अक्सिजन समेत नपाएर बिरामी स्वजनहरुको मृत्यु भइरहेको दुःखद् स्थितिमा सहयोग पुरयाउन अफ्रिका स्थित एनआरएनएका राष्ट्रिय समन्वय अफ्रिका स्थित एनआरएनएका राष्ट्रिय समन्वय समितीहरुबाट नेपालका १० जिल्लामा अक्सिजन आपूर्तिका लागि स्थानीय निकाय, संघ सस्था सङ्ग समन्वय गरि १२ लाख सहयोग पठाउने निर्णय गरिएको अफ्रिका क्षेत्रीय संयोजक रोशन थापाले जानकारी दिनुभयो।
सधैँ झै स्वदेशलाई अप्ठ्यारो परेको बेला थोरै संख्यामा रहे पनि अफ्रिकाका नेपालीहरुले आफ्नो स्वदेशप्रति माया राखी सहयोग गर्दै आइरहेको र यो बिपतमा पनि साथ दिन लागेको थापाले बताउनु भयो ।





































