Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:५४:११ बिहान
- ADVERTISEMENT -

नेपाली सेनालाई एक लाख कोभिड १९ भ्याक्सिन सहयोग

प्रकाशित मिति: २०७७ चैत १६, सोमबार

434
Shares

काठमाडौँ, सोमबार, १६ चैत्र २०७७ । भारतीय सेनाले नेपाली सेनालाई एक लाख डोज कोभिड–१९ भ्याक्सिन सहयोग दिएको छ । भारतीय राजदूतावासका सैनिक सहचारीले नेपाली सेनाका पदाधिकारीलाई आइतबार त्रिभुवन विमानस्थलमा भ्याक्सिन हस्तान्तरण गरेका हुन् ।

सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार कोभिड–१९ महामारीको प्रतिकार्यमा सहयोग पुर्‍याउने उद्देश्यका साथ भारतीय सेनाद्वारा नेपाली सेनालाई उपलब्ध हुने एक लाख डोज भ्याक्सिन काठमाडौं आइपुगिसकेको बताए । यसको औपचारिक हस्तान्तरण केही दिनमा हुने कार्यक्रम रहेको पौडेलले बताए ।

नेपाली सेनाले प्राप्त गरेको कोभिसिल्ड भ्याक्सिन संगठनभित्रका सैनिक र उनीहरुको आश्रित परिवारहरुलाई हस्तान्तरण गरिने प्रवक्ता पौडेलले जानकारी दिए । यसअघि भारत सरकारले भने नेपाल सरकारलाई नेपाल सरकारलाई १० लाख डोज कोभिसिल्ड भ्याक्सिन सहयोग गरेको थियो ।

माघ ८ गते भारत सरकारले छिमेक नीतिअन्तर्गत नेपाललाई पहिलो चरणमा उपहारस्वरुप १० लाख डोज भ्याक्सिन सहयोग गरेको थियो । भारतको सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई) ले अक्सफोर्ड विश्वविद्यालय र बेलायती औषधि निर्माता कम्पनी एस्ट्राजेनेकासँग मिलेर कोभिसिल्ड भ्याक्सिन विकास गरेको भ्याक्सिन नेपालमा ल्याइएको हो । नरेन्द्र मोदीको ‘छिमेक नीति पहिलो’ अनुसार भारतका अन्य छिमेकसहित नेपालले पनि कोरोना भाइरसको भ्याक्सिन पाएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -