जापान, बुधबार, १२ फागुन २०७७ । नेपाली जनसम्पर्क समिति जापानका पूर्व सभापति डा बलराम श्रेष्ठलाई शाखा प्रमुखमा नियुक्त गरिएको छ ।
नेपाली कांग्रेस पार्टीसंग आबद्व बिदेशस्थित सबै नेपाली जनसम्पर्क समितिहरुमा पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्य गर्न गराउन प्रतिष्ठानका प्रमुख एवं पार्टी उप सभापति विमलेन्द्र निधीको निर्देशन तथा विदेश क्षेत्र संयोजक गंगाधर गौतमको सुझाव अनुसार जापान देशको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको जापान शाखा प्रमुखमा डा बलराम श्रेष्ठलाई नियुक्त गरिएको हो ।
केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख, कार्यकारी निर्देशक, आवश्यकता अनुसार निर्देशक (नीति, अनुसन्धान तथा प्रशिक्षण) एवं बिदेश क्षेत्र संयोजकसंग समेत समन्वय र सम्पर्कमा रही कार्य गर्न केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रा पुरुषोत्तम दाहालद्वारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ ।






































