Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
४:५९:२४ बिहान
- ADVERTISEMENT -

नेपाली म:म लाई अन्तराष्ट्रिय बजारमा परिचित गराउने भण्डारी

प्रकाशित मिति: २०७७ पुस २२, बुधबार

1123
Shares

फ्रान्स, बुधबार, २२ पुस २०७७ । छिटो, मिठो र सस्तो । यिनै तीनवटा गुणका कारण म:म नेपालीहरूका लागि सर्वाधिक लोकप्रिय खाजा बन्न पुगेको छ ।

नेपाली खाजाहरूमध्ये सबैभन्दा बढी रुचाइने परिकार म:म नै हो । के हिमाल, के पहाड, के तराई, के धनी, के गरिब सबैका लागि म:म उत्तिकै प्रिय परिकार हो ।

नेपालका ९० प्रतिशतभन्दा बढी रेस्टुराँ, क्याफे तथा होटलका मेनुमा म:म ले ठाउँ पाएको छ ।

तारे होटलदेखि ठूला रेस्टुराँहरूमा मात्र होइन, सामान्य खाजा पसलहरूसम्म म:म पाकेकै हुन्छ । नेपाली बजारमा थरीथरीका मूल्य, स्वाद तथा स्वरूपका म:म उपलब्ध छन् ।

बफ, चिकेन र भेज बढी चल्तीका म:म हुन् । सर्वाधिक रोजाइमा बफ म:म पर्छ । त्यसपछि, चिकेन बढी बिक्री हुन्छ भने भेज, पोर्क तथा पनिर म:मको माग पनि उत्तिकै छ । भेराइटिजका हिसाबले स्टिम म:म सबैभन्दा लोकप्रिय छ । त्यसपछि, झोल, सी, कोथे अनि फ्राई म:म नेपाली जिब्रोले बढी खोज्ने म:म हुन् ।

हुन त म:म नेपालको रैथाने परिकार होइन । विशेषगरी काठमाडौँ उपत्यकाका नेवार समुदाय व्यापारका शिलसिलामा तिब्बत जाने–आउने क्रम चल्दा म:म बनाउने कला पनि नेपाल भित्रियो ।

तर, रमाइलो के भने स्थानीयले म:म लाई आफ्नै स्वाद र शैलीमा ढाले, त्यसमा नयाँपन दिए ।

विशेषत: तिब्बती म:म मा मसलाको प्रयोग हुँदैन । अचारमा पनि खासै विविधता हुँदैन । तर, नेवार समुदायको भान्छामा हुर्किन पाएको म:म ले भने त्यही अनुसार ट्वाक्क स्वाद पाउन सफल भयो ।

फास्ट फुड व्यवसायमा म:म को हिस्सा उल्लेख्य वृद्धि हुँदै गएको छ । नेपालीलाई नभई नहुने अनि एकपटक स्वादको चस्का परेपछि विदेशीसमेत पल्किने । यही कारण होला, विदेशका रेस्टुराँका मेनुमा समेत अचेल म:म थपिन थालेको छ ।

सोही अनुरुप लामो समयको प्रतिक्षापछि फ्रान्सको राजधानी पेरिस शहरमा नेपालीको पहिलो मःम रेस्टुरेन्ट खुलेको छ । कर्मथलो बिदेश भएतापनि नेपाली स्वाद लिनका लागि मःम हाउस पेरीसमा खुलेको हो ।

विगत ६ बर्षदेखि सुन्दर नगरी फ्रान्सको पेरिसमा व्यबसाय गर्दै आउनु भएका बिदेशमा कर्मभुमी बनाएका नुवाकोट निवासी शिव राम भण्डारी कुशल सफल व्यवसायी हुनु हुन्छ ।

भण्डारीले फ्रान्स सरकारको प्रतिनिधि मार्फत कुशल व्यवसायमा निपुर्णता बापत पुरस्कृत समेत हुनु भएको छ ।

पछिल्लो समय नेपाल, हामी नेपालीले मौलिक रुचाहिएको बिभिन्न परिकारको विश्व समुदायमा परिष्कृत गर्ने क्रममा उहाँले बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरानाको भाइरसको कहरमा व्यवसाय धारासायी भएतापनि आफु नेपाली भएको र नेपाली मःम स्वादको बिस्तारको लागि प्रतिकुल समयको पनि सामना गर्न साहस गरी फ्रान्सको राजधानी पेरिस शहरमा नेपालीको पहिलो मःम रेस्टुरेन्ट भण्डारीले बताउनु भयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -