Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:०३:४२ बिहान
- ADVERTISEMENT -

माेटरसाइकलकाे क्लच प्लेट यसरी बचाउन सकिन्छ

प्रकाशित मिति: २०७७ मंसिर ४, बिहीबार

728
Shares

काठमाडौं, बुधबार, ४ मङ्सिर २०७७ । सवारी साधनमा प्रयोग हुने क्लच निकै महंगो मध्यको एक पाट्स हो । क्लच प्लेटको मूख्य काम इन्जिन र पाड्ग्राबीचको सम्बन्ध जोड्ने तथा फुकाउने हो ।

सामान्यतया मोटरसाइकलमा क्लच प्लेटको धेरै समस्या आइरहेको हुने गर्छ । हेवी ट्राफिकमा धेरै चलउनु पर्दा क्लज प्लेट धेरै बिग्रने गर्छ । क्लचको गलत प्रयोग जति गर्यो त्यतिनै क्लचमा समस्या आउने हो ।

कतिपय मानिसको क्लच लिभर समातेरै बाइक चलाउने बानी हुन्छ । जसले क्लच प्लेटमा दवाब बनाइ राख्छ र चाँडै बिग्रने गर्छ । क्लच प्लेट बिग्रने समस्या चालकको सवारी चलाउने बानीमा धेरै हदमा भर पर्छ ।

कसरी बचाउने क्लच प्लेट ?

सबैभन्दा पहिला क्लचको लिभर सहि स्थानमा हुनु पर्छ । सबभन्दा टुप्पोमा अथवा ह्याण्डल बारको नजिक हुनु हुँदैन । हरेक पटक क्लचकाे प्रयाेग गर्दा क्लच पुर्णरूपमा लिनु पर्ने हुन्छ । क्लचलाइ पुर्णरूपमा लिएर गियर चेन्च गरेपश्चात मात्र फेरि क्लच रिलिज गर्नु पर्ने हुन्छ ।

त्यस्तै उकालो तथा कच्चि सडका मोटरसाइकल चलाउदा बिशेष ध्यान दिनु पर्ने हुन्छ । कतिपय चालकले २ गियरमा मोटरसाइकल चलाउने र मोटरसाइकलले नतान्ने अबस्थमा आएमा क्लको साहायतमा मोटरसाइकल चलाउने गरेको पाइन्छ । यसो गर्दा क्लचमा भार पर्छ र चाडै क्लच प्लेट बिग्रने हुन्छ । यस्तो अबस्थमा सधै पहिलो गियरमा नै मोटरसाइकल चलाउनु उपर्युक्त हुन्छ ।

जाममा बस्दा पहिलो वा दोस्रो नम्बरको गियरमा सवारी राखि क्लचसमातेर बस्नु हुँदैन । गियरमा धेरै समय सवारी रोकेर एक्सिलेटर बटारी रहने बानी छ भने तत्काल रोक्नुपर्छ ।

ट्राफिक जाममा रोकिनु पर्दा सधै न्यूटल गियरमा बस्नु पर्छ । अझ धेरै समयको जाम हो भने इन्जिन नै बन्द गरेको राम्रो हुन्छ जसले इन्धनको पनि वचत गर्छ र वातावरणको प्रदूषण पनि रोक्न सहयोग गर्छ ।

अर्को सबैभन्दा नराम्रो बानी दोस्रो वा तेस्रो गियरमा नै रोकिएको अवस्थामा सवारीसाधन उठाउने प्रयास गर्नु हुँदैन । यसो गर्दा क्लच प्लेटलाई दवाब पर्छ । त्यसैले रोकिएको स्थानबाट आफ्नो सवारीलाई अगाडि बडाउँदा सधै पहिलो नम्बरको गियरमा उठाउनु पर्छ ।

सवारी स्टार्ट गर्दा पनि सधै न्यूटल गियरमा स्टार्ट गर्नु पर्छ । एकदमै हतारको बेलामा कहिलेकाहिँ पहिलो नम्बरको गियरमा स्टार्ट गर्न पनि सकिन्छ । तर आफ्नो बानि भने सधै न्यूटलमा राखेर स्टार्ट गर्ने हुनु पर्छ । यसो गर्दा लामो समयसम्म पनि क्लचप्लेट परिवर्तन गर्न जरुरी हुँदैन ।

कम्पनीले क्लच प्लेटको वारेन्टी समेत नदिने भएकोले क्लच प्लेटको उपयूक्त तरिकाले संरक्षण गर्नु राम्रो हुन्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -