जापान, शुक्रबार, १६ असोज २०७७ । बाग्लुङ समाज जापान तेस्रो अधिबेशनको तयारी पुरा भएको छ । स्थापनाको छोटो समयमा नै जापानबासी नेपालीहरु माझ लोकप्रिय बन्दै गएको संस्था बाग्लुङ समाज जापानको तेस्रो अधिवेशन यही अक्टूबर ४ तारिखका दिन सिनओकुबो स्थित सोलमारी हलमा हुने भएको छ ।
उक्त अक्टूबर ४ तारिखको दिन बिहान ११:०० बजे बाट १३:०० बजे सम्म उदघाटन तथा बन्दसत्र हुने छ भने १५:०० बजेबाट खुल्ला घोषणा सभा गरिने भएको छ ।
बाग्लुङ समाज जापानका संरक्षक बेलु थापाको संयोजकत्वमा बाग्लुङ समाज जापानका संरक्षक, सफल ब्यवसायी दिपक सुबेदी, एनआरएनए आईसिसि सदस्य डिपी कंडेल, गल्कोट समाज जापानका पूर्व अध्यक्ष एवं बाग्लुङ समाज जापानका सल्लाहकार नर बहादुर थापा, एन आर एन ए जापानकी महिला उपाध्यक्ष एब बाग्लुङ समाज जापानकी सल्लाहकार सबिता श्रेष्ठ सहित ५ सदस्यिय बिधान समिती बनाएको छ ।
अक्टूबर ४ तारिखको दिन १५:०० बजेबाट खुल्ला घोषणा सभा हुने जानकारी गराउदै अधिवेशनमा सम्पूर्ण जापानबासी बाग्लुङेहरूलाई सहभागी भइदिनु हुनका लागी अध्यक्ष सिद्धार्थ श्रेष्ठले अनुरोध समेत गर्नु भएको छ ।





































