कनेक्टिकट, अमेरिका, के पी भट्ट, सोमबार, ५ असोज २०७७ । एनआरएन कनेक्टिकट च्यापटरको पहिलो चरणको रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
एनआरएन कनेक्टिकट च्यापटरले आफ्नो बार्षिक कार्यक्रम अन्तर्गत रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । स्थानिय कनेक्टिकटको रेडक्रस संगको समन्नोयनमा गत शनिबार कार्यक्रम सम्पन्न भयको एनआरएन कनेक्टिकट च्यापटरका अध्क्षय हरि प्रसाद जोशी ले जानकारी दिनुभयो ।

च्यापटरका संस्थापक अघ्क्षय राम ओझाको संयोजनमा उक्त कार्यक्रम आयोजना गरिएको थियो । पहिलो चरणमा १५ जनाले रक्तदान गर्नुभएको छ ।

दोस्रो चरणको कार्यक्रम पुन सेप्टेम्बर २६ मा आयोजना गरिने भएको छ । कोभिड-१९ का कारण भिडभाड हुन सक्ने कुरालाई मध्यनजर गर्दै स्थानीय रेडक्रसको अनुरोधमा कार्यक्रमलाई दुई चरणमा गर्नुपरेको च्यापटर अध्क्षय जोशीले जानकारी दिनुभयो ।





































