Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:३५:४७ बिहान
- ADVERTISEMENT -

कतारस्थित नासर अल अली कम्पनीद्धारा दुई नेपाली कामदारलाई जनही १५ हजार रीयालसहित पुरस्कृत

प्रकाशित मिति: २०७७ असोज २, शुक्रबार

561
Shares

दोहा, शुक्रबार, २ असोज २०७७ । कतारस्थित नासर अल अली कम्पनीद्धारा दुई नेपाली कामदारलाई पुरस्कृत गरेको छ ।

आइओएस प्रमाणित कम्पनी नासर अल अली इन्टरप्राइजेज कतारले आफ्ना दुई नेपाली कामदार नजामुद्दिन कवारी र देवप्रसाद राईलाई कम्पनीमा १० वर्षभन्दा बढी आफ्नो समर्पण इमान्दारिता र उत्कृष्ट काम गरेवापत जनही १५ हजार रीयाल पुरस्कार प्रदान गरी सम्मानित गरेको हो ।

नासर अली अल अली, कम्पनीका मालिक नासर अल अलीले एक कार्यक्रमका विच ती कामदारहरुलाई सो नगद हस्तान्तरण गरेका थिए ।
सन् २००९ मा महोत्तरीबाट कन्स्ट्रक्सन कामदारको रुपमा कतार आएका नजामुद्दिन कवारी छोटो समयमै सो कम्पनीमा ट्रेड वर्कर भइसकेका छन् ।

गरिव परिवारबाट आएका कवारीले सो कम्पनीमा काम गरेर आर्थिक सुधार समेत गरेका छन् । उनले पाएको यो १५ हजार इनाम अव आफनो छोराछोरीको उच्च शिक्षाको लागि खर्च गर्ने बताए । उनका एक छोरा पनि हाल कतारमै रोजगाररत छन् ।

कम्पनीका मालिक नासर अल अली अत्यन्त राम्रो रोजगारदाता भएर आफनो अविभावक भएको र बताउदै आफु यस कम्पनीमा काम गर्न पाउनु आफनो अहोभाग्य भएको कवारीले बताए ।

अर्का १५ हजार इनाम पाउने भाग्यमानी कामदार देव प्रसाद राई पनि २००९ मा सोही कम्पनीमा काम गर्न आएका हुन् । कन्स्ट्रक्सन कामदारको रुपमा आएका निम्न पारिवारिक पृष्ठभुमीका राई पनि अहिले ट्रेडमा काम गर्नसक्ने दक्ष कामदार भइसकेका छन् । नासर अल अली इन्टरप्राइजेजमा आफुले काम गरेर आफनो आर्थिक सुधार गर्न सकेको बताउने राईले कम्पनीको मालिक आफुहरुको अविभावक भएको बताए ।

कम्पनीका मालिक नासर अली अल अलीले आफनो कम्पनीमा काम गरीरहेका कामदारहरुलाई उनीहरुको इमान्दारिता, लगनशिलता र योगदानको मुल्यांकन गर्दै पुरस्कार दिन पाउँन आफुलाई खुशी लागेको बताउदै उनीहरुको योगदान आफनो कम्पनीमा प्रशंसनिय रहेको बताए । कम्पनीले आर्जन गरेको रकमबाट यसरी कामदारहरुलाई समयसमयमा पुरस्कृत गर्न पाउदा कम्पनी र कामदारको विचमा गाढा सम्बन्ध हुने र कामदारहरुपनि प्रोत्साहित हुने बताए ।

आफना कामदारहरुले वफादारी र कडा परिश्रमले कम्पनीको सफलतामा समेत ठुलो योगदान पुर्याएका छन् । उनीहरुको कामको सराहना गर्दै उत्साहको टोकन स्वरुप गर्दै आएको बताउदै आफना कामदारहरूले आगामी दिनमा अझ बढी योगदान दिने र उनीहरुले पनि सफलताहरू प्राप्त गर्दै जाने कुरामा आफु विश्वस्त रहेको बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -