जापान, सोमबार, २९ भाद्र २०७७ । जापानको सिजुओका प्रिफेक्चरमा फेरि अर्का एक नेपालीको निधन भएको छ ।
बिगत पाँच महिनादेखी अस्पतालमा भर्ना भई उपचार गराई रहेका नेपालको खोटाङ्ग स्थायी घर भई हाल जापानको शिजुओका केन सिमीजु सिटीमा कुक पेशामा रहेका इन्द्र कुमार राईको उपचारको क्रममा सेप्टेम्बर १० तारिखका दिन निधन भएको हो ।
उनी मस्तिष्क तथा मुटुसंग सम्बन्धित रोगका कारण उपचाररत उनको केही समय अगाडी सफल शल्यकृया गरिएको थियो ।
गल्कोट समाज जापान सुजुओको जानकारी अनुसार राईको आज ( सेप्टेम्बर १४ तारिख, सोमबार ) दिउँसो १:३० बजे, Shizuoka City Shimizu Saizou दाहासंस्कार गरिने भएको छ ।
मृतक राई बिगत केहि वर्षदेखि जापानमा श्रीमतीसंगै बस्दै आएका थिए ।





































