गोरखा, २६ साउन २०७७ । गोरखाको शहिदलखन गाउँपालिका ७ बुङ्कोट स्वास्थ्य चौकीमा ल्याब सेवा सुरु गरिएको छ ।

ल्याब सेवा सुरु भएपछि स्थानीयलाई सजिलो भएको छ । गाउँपालिका, वडा, द मनोज यसोसियसन फाउण्डेसनको सहयोगमा ल्याब सुरु गरिएको वडा अध्यक्ष शरण श्रेष्ठले जानकारी दिनुभयो । स्वाथ्य चौकीमा ल्याब सुरु भएपछि असार महिनामा मात्रै ३७ जनाले सेवा लिएका छन् ।

गाउँपालिकाबासी र बिशेष गरी बुङकोट बासीको गौरबको कुरा हो । हामीले सुरुवातको दिन देखि बुङकोट स्वाथ्य चौकी बट दिने सेवाहरु लाई थप प्रभाबकारी बनाउनको लागी पहल गरेका थियौ । यहाँ बाट नै हामीले सुरुवा गरेका थियौ । सुत्केरी महिला प्रोसाहन भत्ता, महिला स्वमसेवीका प्रोसाहन भत्ता, डाक्टरबाट हप्ताको एकपटक बिरामी जाँच, महिनाको १ पटक आँखा शिबिर र अहिले हामीले ल्याब सन्चालन, भिडियो एक्सरे सेवा संचालन गरिएको वडा अध्यक्ष शरण श्रेष्ठले भन्नुभयो ।

अधिकासं ल्याबको सेवा यहाँबाट दिन सक्छौँ’ ‘सहुलियतमा ल्याबको सेवा दिएका छौँ ।’ युरिन, सुगर, ब्लड, युरिकयसिड, कोलस्टोर, टिजी जस्ता समस्या भए नभएको चेकजाँच गरिन्छ । गर्भवती महिलालाई पनि ल्याब सेवा गाउँमै सुरु भएपछि सजिलो भएको छ । ल्याब सेवा भने गाउँपालिका भित्रको नौ वटा स्वास्थ्य संस्था मध्ये बुङ्कोट स्वास्थ्य चौकीबाट मात्रै सुरु भएको हो । सुगर, प्रेसर जाँचका बिरामी धेरै हुने गरेको ल्याब टेक्निसियन कन्चना थापाले बताउनु भयो ।

‘ल्याब संञ्चालन गर्न हामीले धेरै प्रयास गर्‍यौँ, सबैतिरबाट सहयोग भएकाले संचालन गर्न सकियो’ वडा अध्यक्ष एवं स्वास्थ्य चौकी ब्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठले भने । ल्याब सुरु भएपछि स्थानीयलाई सदरमुकाम सम्म आउजाउ गर्दा लाग्ने खर्च, समय बचत भएपछि उनीहरुपनि खुसी छन् ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्