- ADVERTISEMENT -

साइप्रसमा धादिङकी छात्राको निधन

July 27, 2020
676
Shares
तस्विर : साकेंतिक
- ADVERTISEMENT -

साइप्रस, सोमबार, १२ साउन २०७७ । अध्ययनको सिलसिलामा गत जनवरीमा धादिङबाट साइप्रस आएकी नेपाली छात्रा रेणुका कोइराला (फेसबुकमा Zoshna Koirala)को साइप्रसको निकोसियामा मोटरसाइकल दुर्घटनामा परी निधन भएको छ ।

२५ जुलाईको राति करिव १ देखि २ बजे काम गरेर अफिसबाट डेरातिर फर्कने क्रममा ट्राफिक दुर्घटनामा परी घाइते भएकी उनीलाई जनरल अस्पताल पुऱ्याउँदा डाक्टरले तत्काल मृत घोषणा गरेका हुन् । निकोसीया प्रहरीले समेत यसबारे पुष्टि गरिसकेको छ ।

- ADVERTISEMENT -

Advertisement

रेणुलाई लिएर आउने मोटरसाइकल चालकसहित मोटर साइकल प्रहरी नियन्त्रणमा रहेको जनाइएको छ । घटनाको अनुसन्धानको क्रममा मृतक रेणुकाको साथबाट मोबाएल सेट, आइडी कार्ड, निलो रंगको झोला, केही यूरो भेटिएको साइप्रस प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -