- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

अध्ययन तथा रोजगारीबारे महत्वपूर्ण जानकारी : एनआरएनए जापान कान्तोद्वारा नेपाली विद्यार्थी अनलाइन सेमिनार गर्दै

July 26, 2020
739
Shares
- ADVERTISEMENT -

टोकियो, आइतबार, ११ साउन २०७७ । कोरोना भाइरस (कोभिड-१९) को प्रभाव विश्वभरी नै परिरहेको छ । यतिखेर विश्वको अर्थतन्त्रसंगै मानिसहरुको दैनिकी नै लथालिंग भएको छ ।

आजको विकराल समस्याबाट जापान पनि अछुतो रहन सकेन । जसको सबै क्षेत्रमा परिरहेको छ । त्यसमा पनि जापानमा अध्यायन गरि भविष्य खोज्दै गरेका विदेशी विद्यार्थीहरु अझ दोहोरो मारमा परिरहेका छन् | एकातिर काम गुमेकाले अर्थोपार्जन हुनसकेको छैन भने अर्को तर्फ पढाई सकेपछि पनि भने जस्तो काम पाउन सकिरहेका छैनन् । र यहि अवस्था लम्बिए,अझै केहि समय कामको राम्रा अवसरहरु प्राप्त गर्न सजिलो हुनेछैन ।

- ADVERTISEMENT -

Advertisement

यसैबीचमा जापानलाई आफ्नो उच्च अध्यायन क्षेत्र बनाएर जापान आएका नेपाली विध्यार्थीहरूको लागि भाषा अध्ययन सकिए पछि उच्च शिक्षाको लागि आउन सक्ने समस्या, लिनुपर्ने जानकारी र गर्नुपर्ने पूर्व तयारीहरुसंगै,आगामी पढाईलाई कसरी फलदायि बनाउन सकिन्छ भन्ने विभिन्न विषयहरूमा जानकारी गराउने उदेश्यले एनआरएनए कान्तो क्षेत्रले “TALK SHOW WITH SENPAI “ यानेकि ‘अग्रजहरूसंगको छलफल’ नामक अनलाईन सेमिनार आयोजना गर्ने भएको छ ।

कोरोना भाइरस (कोभिड-१९) संक्रमणको यो विषम परिस्थितिमा पढाईमा ध्यान दिनुपर्ने कुराहरु तथा पढाई सकिएपछि कामकोबारेमा लिनुपर्ने जानकारीहरुबारे उक्त सेमिनारमा अग्रजहरुको अनुभव र ज्ञानलाई प्रत्यक्ष प्रस्तुत गरिने छ ।

- ADVERTISEMENT -

Advertisement

आयोजक संस्था एनआरएनए जापान कान्तो क्षेत्रका सह-सचिव एवं यस सेमिनार संयोजक नेत्र पान्डेयका अनुसार जापानमा अध्यायन गरी, विभिन्न पेशा व्यवसायमा आवद्द रहनुभई सम्बन्धित क्षेत्रमा आफ्नो पहिचान बनाउ सफल व्यक्तित्वहरुले आफ्नो अनुभव तथा ज्ञानको आधारमा मार्गदर्शन गराउनुहुनेछ ।

उक्त अनलाइन सेमिनारमा होटल,टुरिजम, खाईगो, बिजनेस,आईटि, ईन्जिनियर लगायताका जापानमा अधिक अवसर रहेका सबै विषयहरूमा जानकारी लिन सकिने छ । कार्यक्रम आउँदो अगस्ट महिनाको २३ तथा ३० तारिख साझ ७ बजेबाट ८:१५ बजेसम्म आयोजना गरिनेछ ।

अनलाइन भिडियो कनेफ्रेन्समार्फत गरिने उक्त कार्यक्रमलाई जापानका विभिन्न मिडियाहरुबाट पनि प्रत्यक्ष प्रसारण गरिने छ । सेमिनारका वक्ताहरु तथा सहभागी हुने प्रकृयाबारे केहि दिनभित्र आधिकारिक जानकारी प्रस्तुत गरिने छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -