- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

‘कोभिड-१९ ले नेपाली महिलाहरुमा पारेको प्रभाव’ विषयक भर्चुअल बैठक सम्पन्न

July 11, 2020
773
Shares
- ADVERTISEMENT -

काठमाडौं, शनिबार, २७ असार २०७७ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले कोरोना भाइरसको महामारीबाट पीडित महिलाहरुलाई सहयोग गर्ने संघ, संस्थाहरुलाई सरकारले पुरस्कारसहितको सम्मान गर्ने घोषणा गरेका छन् ।

मन्त्री गुरुङले कोरोना भाइरसका कारण विदेशबाट फर्किएका महिलाहरुको पीडालाई सम्बोधन हुने गरी सहयोग गर्ने संघ, संस्थाहरुलाई सरकारले पुरस्कारसहितको सम्मान गर्ने बताएका हुन् ।

- ADVERTISEMENT -

Advertisement

गैरआवासीय नेपाली संघ, युकेले शनिबार आयोजना गरेको ‘कोभिड–१९ ले नेपाली महिलाहरुमा पारेको प्रभाव’ विषयक भर्चुअल बैठकमा मन्त्री गुरुङले कोरोना भाइरसका कारण स्वदेश फर्किएका महिलाहरुको उचित व्यवस्थापनका लागि तत्कालीन, मध्यकालीन र दीर्घकालीन खालका कार्यक्रम ल्याउने तयारी भइरहेको पनि बताए ।

उनले नेपाली महिलाहरुले स्वदेश तथा विदेशमा भोग्नु परेका समस्या समाधानका लागि महिलाहरुलाई ‘उद्यमशीलता र उत्पादन’मा जोड्ने गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तय गरिएको पनि स्मरण गराए । मन्त्री गुरुङले महिलाहरुलाई आर्थिक रुपमा सशक्त बनाउन सहयोग गर्न पनि प्रवासमा रहेका महिला नेतृहरुलाई आग्रह पनि गरे ।

- ADVERTISEMENT -

Advertisement

बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी नेतृ डा. डिला संग्रौलाले कोरोना भाइरसबाट प्रभावित महिलाहरुका लागि आत्मनिर्भर हुने गरी आयआर्जनको कार्यक्रम तत्काल ल्याउन सरकारसँग माग गरिन् ।

त्यसैगरी, गैरआवासीय नेपाली संघ, युकेकी अध्यक्ष पुनम गुरुङसहित गैरआवासीय नेपाली संघमा आवद्ध महिला नेतृहरुले कोरोना भाईरसका कारण रोजगारीको अवसर गुमाएर स्वदेश फर्किएका नेपालीहरुलाई सम्मानपूर्वक जिउने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com