अमेरिका, शुक्रबार, २५ असार २०७७ । गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले कोभिड १९ को महामारी सुरु भए लगत्तै समुदायलाई स्वस्थ र पोषिलो खानामा पहुँच दिलाउने उद्धेश्यले आफै वितरण गर्दै आएको नि:शुल्क खाधन्न वितरण कार्यक्रम बाह्रौँ र अन्तिम पटक जुन २३, २०२० बेलुका भव्यताका साथ सम्पन्न गरेको छ ।
अबका दिनहरुमा यस फाउण्डेशनले नि:शुल्क खाधन्न वितरण कार्यक्रम न्युयोर्क शहरको क्वीन्स बोरो स्थित विभिन्न संघ-सस्थाहरु मार्फत गर्ने जमर्को गर्दै आज तेस्रो पटक ८ प्यालेट्स शुद्व दुध वितरण गरेको जानकारी यसै फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरेले दिनुभयो ।
रिभर फण्डका मुख्य उत्पादन अधिकारी डा. ओट्टो स्टार्जमेनसँग सहकार्य गरी नि:शुल्क शुद्व दुध वितरण गरिएको हो । उहाँले यसै फाउण्डेशन लाई ८ प्यालेट्स शुद्व दुध, प्रत्यक प्यालेटमा १९२ ग्यालन गरि जम्मा १५३६ ग्यालन अर्थात् ५८१४ लिटर शुद्व दुध सहयोग स्वरुप प्रधान गर्नु भएको थियो । विभिन्न संघ-सस्थाका प्रतिनिधिहरुले आफ्नै सवारी साधन, जम्मा १७ वटा कार लिएर वेरहाउस बाट आफैं उठाउनु भएको थियो ।
यसै कार्यक्रममा युनाईटेड शेर्पा एसोसिएसन यु एस ऐ इन्कका अध्यक्ष उर्गेन शेर्पा मार्फत ४०० ग्यालन दुध, रिजहुड नेपालिज सोसाईटिलाई यसै संस्थाका सदस्य एवम् ने.का. नेता विनोद सुवेदी मार्फत १०० ग्यालन दुध, नेपाल तरुण दल अमेरिकालाई यसै संस्थाका उपाध्यक्ष अनन्तराज सुवेदि मार्फत १०० ग्यालन दुध, द टिब्बेटन कम्युनिटी अफ न्युयोर्क-न्यु जर्सीलाई यसै सस्थां कि मेनेजर तेन्जीन सेयाङ डि टि वाङचुक मार्फत २०० ग्यालन दुध, ने.का. युवा नेता अनिल पाण्डे मार्फत ३०० ग्यालन दुध गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले हस्तान्तरण गरेको थियो ।
फाउन्डेसनको निःशुल्क खाद्य सामग्री वितरण कार्यक्रममा तन, मन र बचन दिएर क्रमशः उपाध्यक्ष सुवर्ण लामा र केन्द्रीय सदस्य सूर्य सीमखडा खटिएका थिए भने दिपक गौतम, लक्ष्मण पुन मगर, प्रधुम्न रायमाझी, प्रेमलाल बुढा मगर, राम अधिकारी, नारायण भट्टराई, कुन्जन पौडेल लगायतले स्वयमसेवी रुपमा सहयोग गरेका थिए। बाँकी रहेको शुद्व दुध यसै फाउण्डेशनले वितरण गरेको छ ।
फाउण्डेशनले जेमि फायन बिन-सन्निसाईड साइन्सकी कार्यकारी निर्देशकसँग सहकार्य गर्दै ५० बक्स मिक्स शुद्व तरकारीहरु एन आर एन अमेरिकाका सल्लाहकार एवम् ने.का. नेता श्याम काजि गुरुङ, अनन्तराज सुवेदि, अनिल पाण्डेलाई हस्तान्तरण गरिएको थियो ।
गिरिजा प्रसाद कोइराला फाउन्डेसन अमेरिकाले रिभर फण्डका मुख्य उत्पादन अधिकारी डा. ओट्टो स्टार्जमेन र जेमि फायन बिन-सन्निसाईड साइन्सकी कार्यकारी निर्देशकलाई धन्यवाद ज्ञापन गरेको छ ।





































