Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:०६:५० बिहान
- ADVERTISEMENT -

जापानमा पढ्न चाहने निजामती कर्मचारीलाई छात्रवृत्ति रकम थप

प्रकाशित मिति: २०७७ असार २४, बुधबार

1254
Shares

काठमाडौं, बुधबार, २४ असार २०७७ । जापान सरकारले जापान पढ्न जाने नेपालको निजामती सेवामा कार्यरत कर्मचारीलाई प्रदान गर्ने छात्रवृत्ति रकम थप गरेको छ । सन् २०२० देखि २०२३ सम्म जापानमा अध्ययन गर्न चाहने सरकारी कर्मचारीलाई छात्रवृत्ति प्रदान गर्न जापान सरकारले नेपाललाई ४० करोड रुपैयाँ अनुदान सहायता गरेको हो ।

सहयोग रकम आव ०७७–७८ को मानव संसाधन विकास छात्रवृत्ति परियोजना कार्यान्वयनमा खर्च हुनेछ । सहायता सम्झौतामा अर्थ–सचिव शिशिरकुमार ढुंगाना र जापानी राजदूत साइगो मासामिचीले हस्ताक्षर गरे । यसैगरी कार्यक्रमा कार्यान्वयनका लागि अनुदान सम्झौतामा मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र जाइका नेपालका प्रमुख प्रतिनिधि आसाकुमा युमिकोले हस्ताक्षर गरे ।

यो अनुदान रकम छात्रवृत्ति प्रक्रिया तथा व्यवस्थामा खर्च हुनेछ । जसमा विश्वविद्यालयको शुल्क भुक्तानी, बसोबास भत्ता, बन्दोवस्ती भत्ता, बिमा तथा अन्य आधार भत्ता र शैक्षिक सामग्री खर्च समावेश हुनेछन् । छात्रवृत्तिले जापानमा अध्ययन गरेर स्वदेश फर्कन चाहने प्रतिस्पर्धी युवा निजामती कर्मचारीलाई जापानामा दुई वर्षे स्नातकोत्तर र तीनवर्षे विद्यावारिधि गर्ने अवसर दिनेछ ।

यसअघि २०१६ देखि २०१९ को अवधिमा ८० निजामती कर्मचारीले स्नातकोत्तर अध्ययन गरिसकेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -