टोकियो, बिहिबार, १८ असार २०७७ । जापानमा आज बिहिबार धेरै एकैदिन १ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो २ महिनाको विचमा जापानका अन्य प्रान्तहरुमा कोरोना संक्रमण नियन्त्रणमा आएता पनि राजधानी टोकियोमा भने फेरि संक्रमण दोहोरिएको अनुमान गरिएको छ ।
हिजो,१ तारिख, आपतकाल हटाईएपछिकै धेरै एकैदिन ६७ जना संक्रमित भएको टोकियोमा आज फेरि २ महिना अघिको उच्च बिन्दुमा पुगेको छ । यसरी हेर्दा हरेक दिन संक्रमित थपिने क्रममा छन् ।
यसपटकको संक्रमितहरुमा अधिकांश २० देखि ३० वर्ष उमेर समुहका युवाहरु रहेको खुल्न आएको छ । स्रोतका अनुसार संक्रमित मध्ये अधिकांस रात्री व्यवसायहरुको बाहुल्यता रहेका सहरहरुसंग विविध प्रकारले जोडिएका व्यक्तिहरु जस्तै – ग्राहक तथा सेवा प्रदायकहरु रहेका छन् । पछिल्लो २ दिनको डाटा हेर्दा टोकियोको सिन्जुकु तथा ईकेबुकुरो क्षेत्रमा अधिक संक्रमण देखिएको छ ।
आज, संक्रमित संख्या २ अंकबाट ३ अंकको (१०७) उच्च बिन्दुमा पुगेकाले,आज साँझ कोरोना भाईरस नियन्त्रण मुख्यालयको बैठक पछि टोकियो महानगरकी गभर्नर कोईके युरिकोले पत्रकार सम्मेलन गर्ने जनाईएको छ ।





































