असार के हो ? भनेर
सोध ती आमालाई जसले
भालेको डाँकसँगै उठेर
झ्याँउकिरी कराउदासम्म
मेलापातमा हुन्छिन ।
सोध ती हली दाईलाई
हिलोमा गाडिएको मकैको
डाँठले पैतालो चिर्दा को पिँडा ।
सोध ती रोपार्नी भाउजुलाई
दिन भरी ढाड ठाडो नपारी
खेत रोपेर घर फर्किँदा जड्या
पोईले बिना गल्ती पिटेको पिँडा ।
सोध ती बाँउसे दाजुलाई
डिल, कान्लो तान्दा झिमौरीको
टोकाई सँगै गोलीगाँठामा कोदाली
लागेको पिँडा ।
खेतबारी गर्दा गर्दा उपाय नलागेर
खाडी छिरेको झन्डै दशक भैसक्यो
एकहल खेत किनेर उतै बसम्ला
भन्दाभन्दै यतै जोभन गई सक्यो ।
हिलोमा सेल्फी हान्न सजिलो छ
आउरे खाउरे हो
हेप्पी असार पन्ध्र भन्न सजिलो छ
आइरे खाउरे हो ।
साँच्चै किसान भएर बाँच्न नेपालमा
कती गार्हो छ, हामिलाई सोध
अर्ध नग्नतिर हिलोमा तिघ्रा डुबाएको
तस्बिर पोष्ट गर्नेहरु हो ।
ज्वाला हमाल
हाल – साउदी अरेबिया





































