- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

असारे रोपाइ गाउँको याद आउछ घरीघरी…..

June 28, 2020
956
Shares
- ADVERTISEMENT -

तिमी यताको चरी
नकराउन घरीघरी
वसन्तले प्रकृतिको पगरीमा सजियर होला
योवनले उन्मुक्त डाली डाली लजायर होला ।

य झरी तिमी यसरी नपरन झरी
असारे रोपाइँ गाउँको याद आउछ घरीघरी
सुन्छु सबै युवा गाउँमै छन अरे
खनजोत पक्कै गरे होलान् बाजिएको बारी ।

- ADVERTISEMENT -

Advertisement

मनका अनि वनका पालुवा फेरिने यो बेला
थकान अनुभुति किन्तु नहुने उनि संगै मेला
असारे गीत हिलो छेपाइ अनुपम थियो क्षण
किन आएछु ब्यार्थ परदेश काडेर साहुको ऋण ।

अघि अघि बाउसे गर्दै सम्यौथे म गरा
देख्दा सजिलो कठिन तर थाक्थे रोपार बरा
खाजा पनि हामीलाई धेरै लाठेलाइ भन्नि
हेपाहा चलन चै थियोे रोपार लाई नगन्नी ।

- ADVERTISEMENT -

Advertisement

मानु रोपि मुरी फलाउने आएको यो बेला
अर्को पर्को भारो पर्मो बर्ष भरि खान देला
य झरी तिमी यसरी नपरन झरी
असारे रोपाइ गाउँको याद आउछ घरीघरी ।

सुजन राज भट्ट, हाल पेरिस

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com