- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

एनआरएनए मकाउको सहजीकरणमा मकाउमा रोकिएका ६६ नेपाली फर्किए

June 27, 2020
675
Shares
- ADVERTISEMENT -

मकाउ, शनिबार, १३ असार २०७७ । कोरोना महामारीका कारण गरिएको लकडाउनका कारण मकाउमा रोकिएका ६३ नेपाली एनआरएनए मकाउको सहजीकरणमा शुक्रबार नेपाल फर्कन सफल भएका छन् ।

लकडाउनका कारण नेपाल फर्किन नपाएका ७८ जना नेपालीमध्ये ६६ जनाले आवस्यक कागजातसहित फारम भरेपनि बिभिन्न कारणले ६३ जना नेपाली मात्रै देश फर्किन सफल भएको एनआरएनए मकाउले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

उनीहरु कोरोना संक्रमण नभएको रिर्पोटसहित २७ जुन स्थानीय समय ३ः४५ मा नेपाल वायु सेवा निगमको चार्टड उडानमार्फत् हङकङ हुँदै नेपाल उडेको एनआरएनए मकाउका अध्यक्ष पुर्ण बहादुर गुरुङले संसारन्युजलाई जानकारी दिनु भयो ।

अध्यक्ष गुरुङका अनुसार मकाउ सरकारसँग समन्वय गरेर उनीहरु मकाउबाट हङकङसम्म निःशुल्क हङकङ भिसासहित पानी जहाज चढेर हङकङक पुगेर नेपाल एयरलाईन्सको जहाजमार्फत् स्वदेश फर्किन लागेका हुन् ।

- ADVERTISEMENT -

Advertisement

नेपाल सरकारले तोकेका हवाई भाडा ५५० डलर भएता पनि मकाउका लागि निमित्त महावाणिज्यदूत किरण गुरुङको पहलमा उनीहरुले ४५० डलर (३५००) हङकङ डलर मात्र शुल्क तिरेका हुन् ।

अध्यक्ष श्रेष्ठका अनुसार मकाउमा हालसम्म कुनै नेपालीमा कोरोना संक्रमण देखिएको छैन भने मकाउ नागरिकमा पनि कोरोना संक्रमणको सफल उपचार भइरहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com