- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

गल्कोट समाज जापानद्वारा करण कडेललाई आर्थिक सहयोग

June 26, 2020
761
Shares
- ADVERTISEMENT -

टोकियो, शुक्रबार, १२ असार २०७७ । गल्कोट समाज जापानले लामो समयदेखि जापानको एक अस्पतालमा उपचाररत बाग्लुङ जिल्ला, ताराखोला–३ का करण कँडेललाई आर्थिक सहायता प्रदान गरेको छ ।

वैदेशिक रोजगारीका सिलसिलामा केही वर्ष अगाडि जापान पुगेका कँडेल कलेजोले काम गर्न छाडेपछि जापानको टोकियोस्थित अस्पतालमा उपचारत छन् ।

- ADVERTISEMENT -

Advertisement

कँडेलको स्वास्थ्यावस्था बिग्रँदै गएको र थप आर्थिक सङ्कट पर्दै गएपछि गल्कोट समाजका अध्यक्ष दिल खत्रीले आर्थिक सहायताका निम्ति एउटा अभियान नै सञ्चालन गरेका थिए ।

समाजका उपाध्यक्ष डिलाराम निउरेको नेतृत्वले बिरामी र बिरामीका परिवारलाई शुक्रबार भेटी करीब रु साढे चार लाख प्रदान गर्‍यो । समाजले हाल बाग्लुङ, गल्कोट नगरपालिका–५ स्थित हरिचौरमा ‘गल्कोट आँखा उपचार केन्द्र’का लागि एउटा पक्की भवनसमेत निर्माण गरिरहेको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com