- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

साउदी अरेबियाले यस वर्ष हज यात्रामा विदेशीलाई प्रवेश नदिने

June 23, 2020
537
Shares
- ADVERTISEMENT -

साउदी अरब, मंगलबार, ९ असार २०७७ । साउदी अरेबियाले यो वर्ष मुस्लिम तीर्थ यात्रा अर्थात् हज यात्रामा विदेशी यात्रीलाई प्रदेश नदिने भएको छ । साउदी सरकारले देशभित्रका थोरै मानिसमात्र सहभागी भएर हज यात्रा गर्ने तर अन्तर्राष्ट्रिय हज यात्रीलाई प्रवेश नदिने बताएको बीबीसीले जनाएको छ ।

मुस्लिम धर्मावलम्बीहरुले साउदी अरेबियामा रहेको पवित्रस्थल मक्कामा हज यात्रा गर्छन् । हज यात्रामा सहभागी हुन हरेक वर्ष विश्वभरबाट लाखौँको सङ्ख्यामा मुस्लिमहरु साउदी पुग्छन् । तर, यस वर्ष कोरोना भाइरसको महामारीले गर्दा साउदी अरेबियाले हज यात्राका लागि विदेशीलाई प्रवेश नदिने जनाएको हो ।

- ADVERTISEMENT -

Advertisement

हज यात्रामा सामाजिक दुरी कायम गर्न असम्भव रहेकोले सङ्क्रमणबाट जोगाउन हज यात्रा रोक्नु नै एकमात्र उपाय रहेकोले यस्तो निर्णय लिइएको साउदी अरेबियाका अधिकारीले बताएकाे खबरमा उल्लेख छ ।

साउदी अरेबियामा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या एक लाख ६१ हजारभन्दा बढी रहेको छ । साउदीमा कोरोनाकाे कारढा १३ सयभन्दा बढीको ज्यान गएको छ । केही दिनअघि मात्रै साउदी अरेबियाले लकडाउन हटाएको थियो ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com