- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

जापानबाट २ सय ३५ जना नेपाली चार्टर विमानबाट स्वदेश फिर्ता, दोस्रो उडान जुन २५ तारिखमा

June 21, 2020
601
Shares
- ADVERTISEMENT -

टोकियो, आइतबार, ७ असार २०७७ । जापानबाट २ सय ३५ जना नेपाली चार्टर विमानबाट स्वदेश फिर्ता भएका छन् । लामो सयम नेपालमा लकडाउन भएर जापानबाट स्वदेश फर्किन नपाएका नेपाली २ सय ३५ जना नेपालीहरुलाई जापानबाट नेपाल उद्धार गरेको छ ।

शनिबार जापानको नारिता विमानस्थलबाट जापानमा अति नै समस्यामा परेकाहरुलाई सरकारको निति अनुसार नेपाल उद्धार गरिएको नेपाली राजदुतावास जापानले जनाएको छ । जापानबाट तत्काल नेपाल फर्किनुपर्ने सुचीमा रहेका,विरामी र जापानमा ओभरस्टेहरु मध्येको पहिलो चरणका यात्रुहरु फर्किएका हो ।

- ADVERTISEMENT -

Advertisement

सरकारले दोस्रो आर्टर उडान जुन २५ तारिखमा तोकेको छ । त्यसका लागि पनि प्राथमिकतामा परेकाहरुको सुची दुताबासले जारी गरिइसकेको छ । केहिदिन अघि दुताबासले टिकट तथा कोरोना परिक्षण लगातका प्रकृयाहरु गर्नका लागि पनि आह्लान गरेको थियो ।

जापानबाट दूतावास र गैरआवासीय नेपाली संघ जापानको पहलमा समस्यामा परेका नेपालीहरुलाई नेपाल एयरलाईन्सको चार्टर विमानबाट स्वदेश फर्काउन सर्पोट मिलेको थियो ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com