- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

जापान सरकारले नेपाली नागरिकलाई नेपालबाट जापान आउन प्रतिबन्ध

June 20, 2020
937
Shares
- ADVERTISEMENT -

जापान, शनिबार, ६ असार २०७७ । जापान सरकारले नेपाली नागरिकलाई नेपालबाट जापान आउन प्रतिबन्ध लगाएको छ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण बृद्दीसँगै जापानले नेपालीहरुलाई नेपालबाट जापान लैजान हुने चार्टर फ्लाईट बन्द गरेको जनाएको छ ।

जापानबाट नेपाल फर्कन लागेका नेपालीलाई लिन आउने चार्टर फ्लाईटमा समेत नेपालबाट नेपाली यात्रुलाई जापान ल्याउन नपाईने भएको छ । नेपालस्थित जापानी राजदूतावासले एक सूचना जारी गर्दै नेपालबाट जापानको लागि हुँदै आएको चार्टर उडानमा अर्को सूचना जारी नभएसम्मका लागि रोक लगाएको जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

यद्यपी जापानबाट नेपाली नागरिकलाई फिर्ता लैजान गर्न लागिएका उडानहरुमा भने कुनै रोक लगाइएको छैन । यसबाहेक नेपालबाट जापानी नागरिक भने चार्टर उडानमा जापान आउन सक्नेछन् ।

जुन ११ तारिखबाट नै जापान सरकारले अर्को सूचना जारी नभएसम्म नेपाली यात्रुहरूको लागि जापानको चार्टर्ड उडानहरू स्वीकृत रोकिएको स्पस्ट पारेको छ।

- ADVERTISEMENT -

Advertisement

कोरोना संक्रमण उच्च रहेको १ सय ११ देशबाट जापान प्रबेशमा घोसित रुपमै प्रतिबन्ध लगाइएको छ । तर जापानले जारी गरेको प्रतिबन्ध लागेका देशहरुको उक्त सूचिमा हालसम्म नेपाल समाबेश गराइएको छैन । चार्टर उडानमा नेपालबाट नेपाली नागरिकहरु नै जापान आउन नपाउने पछिल्लो जानकारीबाट भने जापानले अघोसित रुपमा नेपाललाई प्रतिबन्धात्मक देशहरुको सूचिमा राखेको देखिएको छ ।
दैनिक ५ सयजना बढी कोरोना संक्रमित थपिन थालेको नेपाललाई अहिलेकै अवस्थामा जापानले केही महिना प्रतिबन्ध नखुलाउने देखिन्छ ।
जापानले लगाएको प्रतिबन्धका कारण छोटो समयका लागि नेपाल गएर जापान आउने योजनामा रहेका सयौ नेपालीको भिषा गुम्ने सम्भावना बढेर गएको छ ।

यसबाहेक पहिलोपटक भिसा लागेका तथा भिसाको अन्तिम प्रक्रिया पुरा गर्न लागेका बिद्यार्थी, कामदार, ‘डिपेण्डेन्ट’ सहित हजारौ नेपाली अब के गर्ने वा के हुन्छ भन्ने अन्योलमा परेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com