- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

साउदीमा कोरोना संक्रमित १८ सय निको संगै लकडाउन आइतबारबाट हटाउने

June 20, 2020
605
Shares
- ADVERTISEMENT -

साउदी, शनिबार, ६ असार २०७७। साउदी अरेबिया शुक्रबार ४ हजार ३०१ जना कोरोना नयाँ संक्रमित थपिएका छन् । यहाँ स्वास्थ्य मन्त्रालयले दैनिक पत्रकार सम्मेलन गरि संक्रमित थपिएको जानकारी दिएको हो ।

हालसम्म यहाँ १ लाख ५० हजार २९२ जान कोरोना संक्रमित पुगेको साउदी स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. मोहम्मद अल अब्दुलीले बताए । उनका अनुसार यहाँ आज १ हजार ८४९ जना कोरोना संक्रमितको उपचारपछि निको भएका छन् । साउदीभर कोरोनाको उपचारपछि निको हुनेको संख्या ९५ हजार ७६४ पुगेको प्रवक्ता डा. अब्दुलीले जानकारी दिए ।

- ADVERTISEMENT -

Advertisement

त्यसैगरी प्रवक्ता डा. अब्दुलीका अनुसार साउदीभर ५३ हजार ३४७ जना कोरोना बिरामीको विभिन्न अस्पतालमा बिशेष उपचार भइरहेका र ४५ जना कोरोना बिरामीले ज्यान गुमाएका छन् । साउदीभर कोरोनाबाट कुल मृत्यु हुनेको संख्या १ हजार १८४ पुगेको प्रवक्ता डा. अब्दुलीले बताए ।

साउदीमा कोरोनाको संकेत देखिएमा स्वास्थ मन्त्रालयको टोल फ्री नम्बर ९३७ मा फोन गर्नसक्ने प्रवक्ता डा. अब्दुलालीले बताए । ‘ We are all responsible ’ भन्ने नारालाई आत्मसात गरी कोभीड-१९ रोकथामका लागि सरकारले गरेका प्रयासलाई सबैले सहयोग गर्न प्रवक्ता डा. अब्दुलीले आग्रह गरे ।

- ADVERTISEMENT -

Advertisement

साउदीमा हालसम्म १ हजार ३६४ जना नेपाली कोरोना संक्रमित भएको नेपाली दूतावासले जानकारी दिए । दूतावासका अनुसार कोरोना संक्रमित उपचारपछि निको संख्या उत्साह जनक रहेका छन् । त्यस्तै कोरोना उपचारका क्रममा ९ जनाले ज्यान गुमाएका छन् ।

साउदी सरकारले लकडाउन पूर्णरूपमा आइतबार जुन २१ तारिखबाट मक्का सहर बाहेकमा हटाउने तयारी गरेको स्थानीय पत्रपत्रिकाले लेखेका छन् । लकडाउन हटाएपछि सामाजिक दूरी, तापक्रम मापन, सेनिटाइजर र मास्क लगायत अनिवार्य र विवाह, अन्त्येष्टि जस्ता कार्यमा पचास भन्दा बढी व्यक्ति सामाजिक जमघटमा प्रतिबन्ध लाउने छन् ।

यहाँको मक्का सहरमा भने दोस्रो चरणको लकडाउन खुकुलो लागू गर्नेछन् । खुकुलो लकडाउअन्तर्गत बिहान ६ बजेदेखि साँझ ८ बजेसम्म खुला रहनेछन् । साउदी सरकारले अन्य क्षेत्रमा लडाउन हटाए पनि अन्तर्राष्ट्रिय उडान भने अर्को सूचना जारी नगरेसम्म बन्द यथावत रहने जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com