- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

साउदीमा कोरोना संक्रमित निको हुनेको संख्या ८२ हजार ५४८

June 14, 2020
512
Shares
- ADVERTISEMENT -

साउदी, आइतबार, ३२ जेठ २०७७ । साउदी अरेबियामा शनिबारसम्म ८२ हजार ५४८ जना उपचारपछि घर फर्किसकेका छन् । ती मध्ये आज १ हजार ५१९ जना उपचारपछि निको भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. मोहम्मद अल अब्दुलीले जानकारी दिए ।

प्रवक्ता अब्दुलीका अनुसार आज कोरोना नयाँ संक्रमित ३ हजार ३६६ जना थपिएका छन् । विश्वव्यापी महामारीका रूपमा फैलिएका (कोभिड-१९) कोरोना कुल संक्रमित यहाँ १ लाख २३ हजार ३०८ जना पुगेको प्रवक्ता डा. अब्दुलीले बताए । ती मध्ये ३९ हजार ८२८ जना कोरोना संक्रमित यहाँका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको प्रवक्ता अब्दुलीले जानकारी दिए ।

- ADVERTISEMENT -

Advertisement

आजको अपडेट अनुसार कोरोना नयाँ संक्रमित उपचारपछि निको हुनेभन्दा १ हजार ८४७ जना बढी छन् । दोस्रो चरणको खुकुलो लकडाउन चलिरहेका बेला केही दिनदेखि कोरोना नयाँ संक्रमित बढ्नेक्रम जारी छन् ।

शनिबार यहाँ ३९ जना कोरोना संक्रमितले उपचारका क्रममा ज्यान गुमाएको प्रवक्ता डा. अब्दुलालीले जानकारी दिए । उनका अनुसार साउदीमा कुल मृत्यु हुनेको संख्या ९३२ पेगेका छन् । दैनिक मृत्यु हुनेको संख्या हालसम्मकै उच्च हो । त्यसैगरी १ हजार ८४३ जना गम्भीर अवस्थामा रहेको प्रवक्ता अब्दुलीले बताए ।

- ADVERTISEMENT -

Advertisement

मुलुकलाई जुन २१ बाट सामान्य तर्फ लान लकडाउन खुकुलो परेको साउदी सरकारले बताएको छ । स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले भने देशको धेरै सहरहरुमा २४ घन्टा कोरोना परिक्षण गरेका कारण संख्यामा वृद्धि आएको बताइएका छन् ।

साउदीमा कोरोनाको संकेत देखिएमा स्वास्थ मन्त्रालयको टोल फ्री नम्बर ९३७ मा फोन गर्नसक्ने प्रवक्ता डा. अब्दुलालीले बताए । ‘ We are all responsible ’ भन्ने नारालाई आत्मसात गरी कोभिड-१९ रोकथामका लागि सरकारले गरेका प्रयासलाई सबैले सहयोग गर्न प्रवक्ता डा. अब्दुलालीले आग्रह गरे ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com