- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

नेपाली कला-संस्कृति झल्कने : जापानमा नेपाली रेस्टुरेन्ट चौतारो

June 11, 2020
1646
Shares
- ADVERTISEMENT -

जापान, बिहिबार, २९ जेठ २०७७ । लामो समयदेखि जापानमा व्यावसायसंगै सामाजिक काममा समेत सक्रिय रहदै आएका केशव अधिकारी नेपालीहरुबिच चिर पारीचित नाम हो । अधिकारी व्यावसायीको तर्फबाट पछील्लो समय एनआरएनए कोरोना कोषमा सबै भन्दा धेरै रकम जम्मा गरेर चर्चामा आएका थिए ।

जापानमा व्यावसायिक छवी बनाएका केशव अधिकारीले ४ करोड ५० लाख लगानीमा बनेको चौतारो नामक नेपाली रेस्टुरेन्ट संचालमा आउने भएको छ । उक्त नेपाली रेस्टुरेन्ट यही जुन १५ बाट संचालमा आउने अधिकारीले जानकारी दिनु भएको छ।

- ADVERTISEMENT -

Advertisement

जापानको कामाता स्टेसनबाट ३ मिनेट पैदल हिंडेपछी उक्त रेस्टुरेन्टमा पुग्न सकिन्छ । अहिले सजावटको भब्य तयारीमा रहेको रेस्टुरेन्ट झट्ट हेर्दा नेपालको म्युजियम जस्तो देखिन्छ । रेस्टुरेन्टमा नेपाली कला सस्कृति झल्कने बिभिन्न तस्बिरहरुको अबलोकनसहित खाना र नास्ताको सेवा लिन पाइन्छ । धादिङमा जन्मिएर १८ वर्षदेखी जापानमा ७ वटा रेष्टुरेण्ट व्यवसायसंगै सामाजिक काममा समेत सक्रिय रहदै आउनुभएका अधिकारी नेपालीहरुबिच चिरपरिचित अनुहार हो ।

सम्पूर्ण खाना सेटहरु टिपिकल नेपाली स्वादमा खान पाइने संचालक अधिकारीले बताए। रेस्टुरेन्ट क्यबिनसहित २ सय ५० जना अट्न सक्ने क्षमताको रहेको छ। बिशेष गरी नेपाली ग्राहकको हकमा सस्तो मुल्यमा खसिको मासु, चामल लगायत दैनिक खाद्यबस्तु किन्न सक्ने ब्यबस्था समेत उक्त रेस्टुरेन्टमा रहेको छ ।

- ADVERTISEMENT -

Advertisement

नेपालीहरुको लागि नि:शुल्क, रेमिटेन्स सुबिधा रहेको पनि संचालक अधिकारीले जानकारी दिनुभयो । अधिकारीले मासिक १ करोड बराबरको कारोबार गर्ने लक्ष्य लिएका छन् । चौतारोले एउटै छाना मुनी बिभिन्न नेपाली परिकारहरुको स्वादसहित नेपाली कला र सस्कृतिलाई छहारी दिने अधिकारिले बताउनु भयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com