Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:५२:२६ बिहान
- ADVERTISEMENT -

बेलायतबाट फर्कन चाहने ३ सय ९१ को विवरण काठमाडौं पठाइयो

प्रकाशित मिति: २०७७ जेठ २७, मंगलबार

591
Shares

बेलायत, मंगलबार, २७ जेठ २०७७ । कोभिड–१९ महामारीका बेला विदेशमा अलपत्र परेका र फर्किने चाहने नेपालीहरूलाई फर्काउने सरकारी नीतिअनुसार दूतावासले बेलायतबाट नेपाल फर्किनैपर्ने अवस्था रहेका ३ सय ९१ जनाको विवरण सोमबार काठमाडौं पठाएको हो ।

लकडाउनका कारण रोकिएका र नेपाल फर्किनुपर्ने जरुरी अवस्थामा रहेकाहरूले दूतावासमा नाम दर्ता गरेका थिए । जसमध्ये विवरण बुझाएका मध्ये विभिन्न अवस्थाले प्राथमिकतामा परेकाको नाम सरकारलाई पठाइएको दूतावासका प्रवक्ता शरदराज आरनले बताए ।

दूतावासले पठाएको सूचीमा भिसाको म्याद समाप्त भएका, रोजगारी गुमाएर बिचल्लीमा परेका, अध्ययन क्रममा आएर हाल पूरा गर्न असमर्थ रहेका, तालिमका लागि आएका सरकारी कर्मचारी, सेना, चिकित्सक र अन्य कर्मचारी एवं पारिवारिक तथा अन्य कारणले नेपाल फर्किनुपर्नेलाई समेटिएको छ ।

आरनका अनुसार सबैभन्दा बढी भिसाको म्याद समाप्त भएर लामो समयदेखि रोकिइरहेका र यही महिना भिसा समाप्त हुन लागेका १ सय ५४ जना नेपाली छन् । अध्ययनका लागि आएका विद्यार्थीमध्ये हाल अध्ययन पूरा गर्न असमर्थ भएका, अध्ययन पूरा गरिसकेका तथा रोजगारी नपाएका ५० जना छन् ।

सो सूचीमा परीक्षा तथा तालिमका लागि आएका चिकित्सक र अन्य कर्मचारी २१ जना, तालिमका लागि आएका नेपाली सेनाका अधिकृत तथा अन्य कर्मचारी ५ जना छन् ।

बेलायतमा रोजगारी गुमाएर बिचल्लीमा परेका ९६ जना, रोजगारी गुमाएका माल्टा र केम्यान आइल्यान्डका क्रमश: ५ र ५६ जना पनि सूचीमा छन् । पारिवारिक तथा अन्य कारणले फर्किनुपर्ने ६५ जना छन् ।

नेपाल सरकारले विदेशबाट नेपाल फर्किन चाहनेलाई फर्काउने नीति लिए पनि कहिलेबाट त्यो कार्यान्वयन हुन्छ भन्ने कुरा अहिल्यै यकिन भइसकेको छैन । प्रवक्ता आरनले नेपाल नाम पठाइएका नागरिकका लागि कहिलेसम्म स्वदेश फर्कने उडान व्यवस्था हुन्छ भन्न सकिने अवस्था नरहेको बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -