- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

कोरोना जाँच नहुँदा उडान अनिश्चित : यूएईको सारजहा विमानस्थलमा १ सय ४६ नेपाली

June 5, 2020
903
Shares
- ADVERTISEMENT -

यूएई, शुक्रबार, २३ जेठ २०७७ । यूएईको सारजहा विमानस्थलमा १ सय ४६ नेपाली यूएईबाट स्वदेश फर्कन लागेका नेपालीले विमानस्थल पुगेर बोर्डिङपास लिएका छन् । इजादा फ्यासिलिटी म्यानेजमेण्ट कम्पनीका ६७ जना र ट्रन्सगार्ड सेक्युरिटी कम्पनीमा सेक्युरिटीको काम गर्ने ७९ जना अहिले यूएईको सारजहा विमानस्थलमा पुगेका छन् ।

उनीहरुलाई एयर अरबियाको उडान नम्बर जी ९१७५१ मार्फत नेपाल फर्कनका लागि यूएईको स्थानीय समय अनुसार बिहन १० बजेर ५५ मिनेको बोर्डिङपास दिइएको छ । तर अहिले विमानस्थल पुगेका नेपालीको कोरोना जाँच भएको छैन । जाँच हुने नहुने भनेर अहिलेसम्म पनि निश्चित नहुँदा उनीहरुको उडान हुन्छ कि हुँदैन भन्ने टुंगो लागेको छैन ।

- ADVERTISEMENT -

Advertisement

सरकारले विदेशबाट फर्काइने नेपालीको साथमा कोरोना जाँचको रिपोर्ट अनिवार्य हुनुुपर्ने मापदण्ड बनाएको छ । तर यूएईले आफ्नै खर्चमा एकसय ६८ सिट क्षमताको जहाजमार्फत पठाउने भनिएको उडान भने हुन सकेन । अहिले विमानस्थलमा पुगेका नेपालीहरु भने साथमा पैसा, पासपोर्ट र टिकट हुनेहरु हुन् ।

उनीहरुलाई टिकटको व्यवस्था कम्पनीले गर्‍यो या आफैं टिकट काटे भन्नेबारे खुलेको छैन । साथमा पैसा र टिकट काट्न सक्नेहरु विमानस्थल पुगे पनि अन्यको हकमा भने अन्यौल भएको छ ।उज्ज्यालोको साथमा

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com