- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाको निरन्तर खाद्य सामग्री वितरण सातौं पटक सम्पन्न

May 27, 2020
724
Shares
- ADVERTISEMENT -

अमेरिका, १४ जेठ २०७७ । गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले समुदायलाई स्वस्थ र पोषिलो खानामा पहुँच दिलाउने उद्धेश्यले नि:शुल्क खाद्य सामग्री वितरण कार्यक्रम आज सातौं पटक मंगलवार, २६ मई ४ बजे बेलुका भव्यताका साथ सम्पन्न भएको छ ।

न्यु-योर्क शहरको ब्रुक्लिन बोरो प्रेसिडेन्ट एरिक अडाम्ससँग सहकार्य गरी द क्याम्पेन एगेन्स्ट हङ्गर द्वारा निशुल्क वितरण फाउण्डेशनको कार्यालय अगाडिबाट गरिएको थियो । कार्यालय न्यु-योर्कको ज्याक्सन हाईट्समा अवस्थित छ ।

- ADVERTISEMENT -

Advertisement

प्रेसिडेन्ट एरिक अडाम्स ले यसै फाउण्डेशन लाई २५० ब्याग स्वस्थ खानेकुरा (Dry Foods) सहयोग स्वरुप प्रधान गर्नु भएको थियो र खाद्य सामग्रीहरु वितरण लाईन अनुसार क्रमश: ६ फिटको दुरीमा लाईन लागेर प्रथम प्रथमतः का आधारमा नेपाली लगाएत विभिन्न समुदाय का मानिसहरुलाई वितरण गरेको जानकारी गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरेले गराउनु भयो ।

१५० ब्याग स्वस्थ खानेकुरा कार्यालय अगाडि वितरण गरी सकेर, रहेको १०० ब्याग रिजहुड (क्वीन्स र ब्रुक्लीन कै बोर्डर) मा आजै पुगेर खाद्य सामग्रीहरु वितरण गरिएको थियो ।

- ADVERTISEMENT -

Advertisement

फाउण्डेशनको नि:शुल्क खाद्य सामग्री वितरण कार्यक्रममा तन,मन र बचन दिएर खटने स्वयंसेवकहरु क्रमशः उपाध्यक्ष सुवर्ण लामा, केन्द्रीय सदस्य एवम् समुदाय सम्बन्ध निर्देशक छिरिङ्ग राप्के लामा, केन्द्रीय सदस्य सुर्य सीमखडा र नेपाल तरुण दल अमेरिकाका उपाध्यक्ष अनन्तराज सुवेदी सहभागी रहनु भएको थियो ।

फाउण्डेशनको नि:शुल्क खाद्य सामग्री वितरण कार्यक्रममा उपस्थित भइ सहयोग गर्नु हुनेमा क्रमशः रिजहुड नेपाली समाजका पुर्व अध्यक्ष रवि किरण कोइराला, एनआरएन आई.सि.सि.सदस्य प्रमोद सिटौला, नेजससअ-न्युयोर्कका पुर्व संयोजक बिनोद सुवेदि, ने.वि. सघं अमेरिकाका पुर्व अध्यक्ष प्रभात सापकोटा, यु.एन.आई ग्लोबल युनियन नेपालकि प्रथम निर्वाचित महिला अध्यक्ष कमला पन्त सहभागी रहनु भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com