न्यु-यार्क, अमेरिका, १४ जेठ २०७७ । गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले समुदायलाई स्वस्थ र पोषिलो खानामा पहुँच दिलाउने उद्धेश्यले नि:शुल्क खाद्यन्न वितरण कार्यक्रम अन्तर्गत छैटौँ पटक भव्यताका साथ सम्पन्न भएको छ ।
अमेरिकी डेमोक्र्याटिक पार्टीका भाइस चेयर एवम् न्युयोर्क राज्यका एसेम्ब्लीमेम्बर माईकल ब्लेकसँग सहकार्य गरी नि:शुल्क वितरण गरिएको हो । उहाँले यसै फाउण्डेशनलाई २०० प्याकेट को तयारी खाना फाउण्डेशनकै कार्यालय अगाडि डेलीभरि गराइ सहयोग स्वरुप प्रदान गर्नु भएको थियो ।साथै, विभिन्न सघं-संस्थाका प्रतिनिधिहरु मार्फत वितरण गरिएको यसै फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरेले जानकारी दिनुभयो ।
फाउण्डेशनको नि:शुल्क खाद्य सामग्री वितरण कार्यक्रममा तन,मन र बचन दिएर खटनु भएका स्वयंसेवकहरु क्रमशः उपाध्यक्ष सुवर्ण लामा, केन्द्रीय सदस्य एवम् समुदाय सम्बन्ध निर्देशक छिरिङ्ग राप्के लामा र केन्द्रीय सदस्य सुर्य सीमखडा सहभागी हुनु भएको थियो ।
खाधान्न वितरण कार्यक्रम फाउण्डेशनको कार्यालय अगाडिवाट सम्पन्न भएको थियो । यस कार्यक्रममा फाउण्डेशनका मानार्थ सदस्य मोहम्मद रशिद, क्वीन्स बोरो कम्युनिटीजका अध्यक्ष शाहनवाज, ने.का. महा-अधिवेशन प्रतिनिधि प्रमोद सिटौला, नेपाल तरुण दल अमेरिका का उपाध्यक्ष अनन्तराज सुवेदी, न्युयोर्क हिसपानिक संस्थाका लुईस गोन्जालेस, एसोसिएसन अफ अमेरिकन फिलिपीनो संस्थाकी मे रुथ हरुको पनि उपस्थिति रहेको थियो ।
उक्त खाधान्न वितरणका क्रममा घ्याल्सुम्दो सेवा संस्था अमेरिकालाई ९६ प्याकेट खाना निवर्तमान अध्यक्ष छिरिङ्ग राप्के लामा मार्फत र ३५ प्याकेट खाना युनाईटेड किराँत राई अर्गनाइजेसन अफ अमेरिका न्युयोर्क च्याप्टरका अध्यक्ष केशव राम राई मार्फत हस्तान्तरण गर्नु भएको थियो ।





































