न्यु-यार्क, अमेरिका, ११ जेठ २०७७। गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले समुदायलाई स्वस्थ र पोषिलो खानामा पहुँच दिलाउने उद्धेश्यले नि:शुल्क तरकारी (आलु) वितरण कार्यक्रम शनिवार भव्यताका साथ सम्पन्न भएको छ ।
सनिसाईडसाईन्स संस्थाकी कार्यकारी निर्देशक जेमि-फाए बिइन र जकत फाउण्डेशन अफ अमेरिकासँग सहकार्य गरी नि:शुल्क खाद्य सामग्री वितरण गरिएको हो । उहाँले फाउण्डेशनलाई ५० बोरा आलु (प्रत्यक बोरामा ५० पाउण्ड आलु) कुल २५०० पाउण्ड आलु सहयोग स्वरुप प्रधान गर्नु भएको थियो । विभिन्न सघं-संस्थाका प्रतिनिधिहरु मार्फत वितरण गरिएको फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरेले दिनुभयो ।
फाउण्डेशनको नि:शुल्क खाद्य सामग्री वितरण कार्यक्रममा तन,मन र बचन दिएर खटने स्वयंसेवकहरु क्रमशः उपाध्यक्ष सुवर्ण लामा, केन्द्रीय सदस्य एवम् समुदाय सम्बन्ध निर्देशक छिरिङ्ग राप्के लामा र केन्द्रीय सदस्य सुर्य सीमखडा रहनु भएको थियो ।
उपाध्यक्ष सुवर्ण लामा, केन्द्रीय सदस्य एवम् समुदाय सम्बन्ध निर्देशक छिरिङ्ग राप्के लामा र केन्द्रीय सदस्य सुर्य सीमखडा, उहाँहरु आफैं वेरहाउसवाट खाधान्नसहित विभिन्न सघं-संस्थाका प्रतिनिधिहरु माझ पुगेर वितरण गर्नु भएको थियो । जसमा किरात याक्थुङ चुम्लुङ अमेरिकाका अध्यक्ष बिरेन्द्र लाबुङ लिम्बु मार्फत ७ बोरा आलु (३५०पाउण्ड), घ्याल्सुम्दो सेवा संस्था अमेरिकाकी अध्यक्ष नीमा ल्हमो मार्फत ५ बोरा आलु (२५० पाउण्ड), एन आर एन अमेरिका-न्यु-योर्क च्याप्टरका अध्यक्ष रामहरी अधिकारी मार्फत ६ बोरा आलु (३०० पाउण्ड), लंगआईलेण्ड नेपाली समाजका पूर्व अध्यक्ष दुर्गेश कार्की, सदस्य नरेन्द्र सुवेदी, यसै फाउण्डेशनका केन्द्रीय सदस्यद्वय विश्व वास्तोला र विनोद थापा, नेजसस लंगआईलेण्डका सचिव दिपक पन्त, समाजसेवी उपेन्द्र खनालहरु मार्फत १० बोरा आलु (५०० पाउण्ड), तमु परिवार अमेरिका-न्यु-योर्ककी मनीता गुरुङ्ग मार्फत ५ बोरा आलु (२५०पाउण्ड), मगर संघ अमेरिका-न्यु-योर्क का यम पुन मार्फत ५ बोरा आलु (२५० पाउण्ड) वितरण गर्नु भएको थियो।
त्यसैगरी, वितरण कार्य उपाध्यक्ष सुवर्ण लामा, केन्द्रीय सदस्य एवम् समुदाय सम्बन्ध निर्देशक छिरिङ्ग राप्के लामा, केन्द्रीय सदस्य सुर्य सीमखडा सबै माझ पुगेर हस्तान्तरण गर्नु भएको थियो ।





































