टोकियो, १० जेठ २०७७ । बाग्लुङ समाज जापानद्धारा करण कडेंलको उपचारका लागि आर्थिक सहयोग हस्तान्तरण गरेको छ । प्यारलाईसिसको विरामी भई झन्डै छ महिना अघिदेखी हस्पिटलमा उपचार गराई रहनु भएका बाग्लुङ ताराखोला निवासी करण कंडेलको उपचारको लागि संकलित सहयोग हस्तातरण गरेको हो ।
बिश्वब्यापी महामारीको रुपमा फैलिदै गएको कोरोना भाइरसको जटिल मानवीय परिस्थितिमा थप समस्या परेकाले बाग्लुङ समाज जापानले एक लाख छपन्न हज़ार उपचारका लागी हस्तातरण गरेको समाजका अध्यक्ष सिद्धार्थ श्रेष्ठले जानकारी दिनुभयो ।
शिध्र स्वास्थ्य लाभको कामना गर्दै यस अभियानमा सहयोग गर्नु हुने सम्पुर्ण बाग्लुङ निवासीलाई बाग्लुङ समाज जापानले हार्दिक धन्यबाद ब्यक्त गरेको छ ।





































